काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा सोमबार दिउँसो गोली चल्दा एक सुरक्षाकर्मीको मृृत्यु भएको छ । भारतीय सुरक्षाकर्मी दीपक सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement
गोली चलेको थाहा पाएपछि नेपाल प्रहरीको टोली दूतावास पुगेको थियो । तर, दुतावासभित्र भारतीय नागरिकको मृत्यु भएको घटना भएका कारण आफैँ अनुसन्धान गर्ने भन्दै नेपाल प्रहरीलाई दूतावासले फर्काइदिएको छ ।
ती सुरक्षाकर्मी आफैंले गोली हानेर आत्महत्या गरेको हुन सक्ने बताइएको छ । तर, पुष्टि भइसकेको छैन।