• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

वृद्ध वा युवा ?


  •   आइतबार, असार १९, २०७९ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##
    राजनीतिक नेतृत्वबारे सर्सरी प्रकारले हेर्ने हो भने नेपालका सबैजसो राजनीतिक दलमा वृद्ध व्यक्ति नै नेतृत्वमा छन् । यो कुरा भन्नु सायद अतिशयोक्ति हुने छैन कि विभिन्न राजनीतिक पार्टीमा नेतृत्वमा भएका व्यक्तिहरूमध्ये सबैभन्दा वृद्ध व्यक्ति म नै हुन सक्दछु । मेरो उमेर ८७ वर्ष पुगेर ८८ वर्षमा लागेको छ । अन्य पार्टीको नेतृत्वमा भएका व्यक्तिहरूलाई हेर्ने हो भने पनि अधिकतर ७० वर्ष नाघेका व्यक्ति नै छन् । केही नयाँ बनेका राजनीतिक पार्टीहरू त्यसका अपवाद हुन सक्दछन् । विश्वको राजनीतिमा हेर्ने हो भने पनि धेरै देशका मुख्य राजनीतिक पार्टीहरूको नेतृत्वमा प्रायः ७० वर्षको उमेर नाघेका व्यक्तिहरू नै पाइन्छन् ।

    Advertisement

    विषयको अर्को पक्षतिर पनि ध्यान दिनुपर्ने आवश्यकता छ । नेपालको वा विश्वको राजनीतिमा वृद्ध भइसकेपछि पनि जुन व्यक्तिहरू नेतृत्वमा छन्, उनीहरू वृद्ध भइसकेपछि एकाएक नेतृत्वमा पुगेका होइनन् । युवा अवस्थादेखि नै विभिन्न राजनीतिक पार्टी वा आन्दोलनमा लामो समयसम्म काम गर्दै आएपछि नै उनीहरू नेतृत्वमा पुगेका हुन्छन् । त्यसैले जसरी उमेरका कारणले मात्र वृद्ध व्यक्तिहरूलाई राजनीतिबाट विस्थापित गर्ने कुरा गलत हुन्छ, त्यही प्रकारले कम उमेरका आधारमा युवाहरूलाई पनि राजनीति वा राजनीतिक नेतृत्वबाट विस्तापित गर्नु वा अयोग्य ठान्नु सही हुन्न किनभने संसारका धेरै क्रान्तिकारी नेताहरूले पनि युवा अवस्थामा नै सैद्धान्तिक वा राजनीतिक रूपमा ठुलो योगदान दिएका थुप्रै उदाहरण छन् ।

    कुनै पार्टीको राजनीतिक नेतृत्वमा व्यक्तिहरूलाई छान्दा उमेर होइन, अन्य कुरालाई नै आधार बनाउने गरिन्छ । ती कुराहरू के हुन सक्छन् ?

    वृद्ध र युवाहरूबारे विचार गर्दा एउटा कुराबारे सुरुमा नै स्पष्ट हुनुपर्ने आवश्यकता छ । युवाहरूमा शारीरिक दृष्टिकोणले जुन क्षमता वा ऊर्जा हुन्छ, वृद्धहरूमा त्यसको कमी हुन्छ । तर त्यो कारणले उमेरको वा वर्षको कसीमा नापेर वृद्ध वा युवाहरू राजनीतिक नेतृत्वका लागि योग्य वा अयोग्य हुन्छन् भनेर सोच्नु सही होइन । मुख्य प्रश्न उमेर होइन, सिद्धान्त वा राजनीतिक आस्थाप्रतिको उनीहरूको सक्रियता, इमानदारिता, दृढता र निरन्तरताको नै हो । कुनै व्यक्ति वृद्ध हुँदैमा वा उमेरको हिसाब गरेर ऊ राजनीतिक नेतृत्वका लागि योग्य हुन्छ भन्ने होइन । यदि त्यसो भए कुनै पार्टीको सम्मेलन, महाधिवेशन आदिमा सबैभन्दा ज्येष्ठ व्यक्तिलाई नै नेतृत्वमा लैजाने गरिन्थ्यो होला । कतिपय कबिला समूहमा त्यस्तो प्रचलन पनि हुने गरेको पाइन्छ । त्यहाँ सबैभन्दा जेष्ठ व्यक्तिलाई नै उनीहरूले आफ्नो मुखिया चुन्दछन् तर कुनै पनि देशको राजनीतिमा त्यस प्रकारको प्रचलन छैन वा कुनै पनि राजनीतिक पार्टीको विधानमा त्यस प्रकारको व्यवस्था गरिएको हुन्न । अर्कातिर कुनै व्यक्तिको कम उमेर हुँदैमा वा उसको उमेर ७०, ६०, ५० वा त्योभन्दा कम हुँदैमा ऊ स्वतः नेतृत्वका लागि उपयुक्त हुन्छ भन्ने पनि होइन । हामीले धेरैतिर देख्दछौँ, उमेरका दृष्टिकोणले धेरै पाका भएका कैयौँ व्यक्ति पनि पार्टीको नेतृत्वमा रहेका हुँदैनन् वा कतिपय कम उमेर भएका व्यक्ति पनि पार्टीको सर्वोच्च नेतृत्वमा पुगेका हुन्छन् । त्यसबाट के कुरा प्रस्ट हुन्छ भने कुनै पार्टीको राजनीतिक नेतृत्वमा व्यक्तिहरूलाई छान्दा उमेर होइन, अन्य कुरालाई नै आधार बनाउने गरिन्छ । ती कुराहरू के हुन सक्छन् ? त्यसबारे केही विचार गर्नुपर्ने आवश्यकता छ ।

    अहिले कतिपय मानिसले उमेरलाई नै आधार बनाएर वृद्ध व्यक्तिहरूलाई नेतृत्वबाट हटाउने वा युवालाई नेतृत्वमा ल्याउनुपर्ने कुरामा जोड दिएको पाइन्छ तर जुनसुकै राजनीतिक पार्टीका पनि केही सिद्धान्त, उद्देश्य, नीति वा सङ्गठनात्मक नियम हुन्छन् । सबै राजनीतिक पार्टीले माग गर्ने कुरा यो हो कि उनीहरूका सबै सदस्य वा कार्यकर्ता ती मिसनमा इमान्दार र दृढ रहुन् तथा तिनीहरूमा उनीहरूको लामो निरन्तरताको पृष्ठभूमि वा इतिहास रहेको होस् ।

    हाम्रो देशको राजनीतिको नै कुरा गर्ने हो भने पनि कम्युनिस्ट पार्टी, नेपाली काङ्ग्रेस, मधेसवादी वा राप्रपाका आफ्ना बेग्लाबेग्लै प्रकारका सिद्धान्त, उद्देश्य, नीति वा सङ्गठनात्मक प्रणाली छन् । कुनै व्यक्ति जतिसुकै योग्य भए पनि सम्बन्धित पार्टीको सिद्धान्त, उद्देश्य आदिका आधारमा नै त्यो व्यक्ति त्यो पार्टीका लागि नेतृत्वको कुरा त परै छ, सदस्यताका लागि पनि उपयुक्त छ कि छैन ? त्यसबारे विचार वा निर्णय गरिन्छ ।

    उदाहरणका लागि, कमल थापा लामो समयसम्म राप्रपाका नेता थिए तर राप्रपाको स्थापना राजतन्त्र कायम राख्न वा त्यसको पुनस्र्थापनाको उद्देश्य पूरा गर्न नै गरिएको थियो । राजसंस्थाको प्रश्नमा उनको विचार केही भिन्न हुन गयो । त्यसकारण उनी त्यो पार्टीको नेतृत्वका लागि योग्य रहेनन् । डा. केशरजङ्ग रायमाझी व्यक्तिगत रूपमा योग्य व्यक्ति थिए तर उनको झुकाव राजातिर हुन गयो । त्यसकारण उनी कम्युनिस्ट पार्टीको नेतृत्वका लागि योग्य रहेका थिएनन् ।

    कुनै पार्टीको नेतृत्वको चुनाव अन्ततः सामूहिक पद्धतिद्वारा नै गरिन्छ तर कुनै एक जना व्यक्तिलाई नेतृत्वको मुख्य पदमा चुन्नुको अर्थ अरू सबै त्यसका लागि अनुपयुक्त हुन्छन् भन्ने होइन । त्यसरी नेतृत्वमा चुनिने व्यक्ति वृद्ध वा युवामध्ये कोही पनि हुन सक्दछन् तर निर्णयात्मक प्रश्न यो हो कि उसलाई सम्बन्धित पार्टी वा सङ्गठनको विश्वास, सर्वसम्मति वा बहुमत प्राप्त हुनुपर्दछ । त्यसका आधारमा नेतृत्वमा प्रायशः परिवर्तन पनि हुने गर्दछ ।

    यी केही मोटामोटी उदाहरण मात्र हुन् । सूक्ष्म रूपले अन्य कैयौ“ सैद्धान्तिक, राजनीतिक वा सङ्गठनात्मक नियमका आधारमा पनि उक्त प्रश्नबारे विचार गर्न सकिन्छ र गर्नु पनि पर्दछ । त्यसको आधारमा कुनै व्यक्ति कुनै पार्टीको सदस्यता वा नेतृत्वका लागि उपयुक्त छ वा छैन ? त्यो कुराबारे विचार वा निर्णय गर्ने गरिन्छ । त्यसबारे कम्युनिस्ट पार्टीका आफ्ना बेग्लै सिद्धान्त वा मान्यता हुन्छन् । त्यसका आधारमा नै कुनै व्यक्ति त्यसको सदस्यता वा नेतृत्वका लागि उपयुक्त छ वा छैन ? त्यसबारे विचार र निर्णय गरिन्छ । सबै पार्टीका विधानमा सदस्यताका सर्त राखिएका हुन्छन् । ती सर्त दुई प्रकारका हुन्छन् : प्रथम, नीतिगत प्रकारका; द्वितीय– सङ्गठनात्मक प्रकारका । ती सर्तलाई स्वीकार गरेपछि नै उनीहरूलाई सदस्यता दिने गरिन्छ ।

    नेतृत्वको चुनावका लागि पनि केही खास आधार हुन्छन् र हुनु पनि पर्दछ ।

    कुनै पार्टीको नेतृत्वका लागि एकैसाथ कैयौँ व्यक्ति योग्य हुन्छन् तर पार्टीको सर्वोच्च नेतृत्वमा, अध्यक्ष वा महासचिव जस्तो पदमा कुनै एक जना व्यक्ति मात्र रहन सक्दछ । कुनै राजनीतिक पार्टीमा स्विजरल्यान्डमा जस्तो एकैसाथ करिब आधा दर्जन व्यक्तिलाई राष्ट्रपतिको पदमा निर्वाचन गर्ने प्रणाली हुँदैन, यद्यपि कुनै कुनै पार्टीमा एकैसाथ दुई वा तीन जना अध्यक्षलाई निर्वाचित गर्ने पद्धतिको पनि अभ्यास हुने गरेको छ तर आम रूपमा कुनै पार्टीमा एउटै मात्र अध्यक्ष वा महासचिव राख्ने प्रचलन हुन्छ । त्यस प्रकारको निर्णय सम्बन्धित पार्टीको महाधिवेशन, राष्ट्रिय सम्मेलन वा केन्द्रीय समितिले गर्दछ । त्यसरी कुनै पार्टीको नेतृत्वको चुनाव अन्ततः सामूहिक पद्धतिद्वारा नै गरिन्छ तर कुनै एक जना व्यक्तिलाई नेतृत्वको मुख्य पदमा चुन्नुको अर्थ अरू सबै त्यसका लागि अनुपयुक्त हुन्छन् भन्ने होइन । त्यसरी नेतृत्वमा चुनिने व्यक्ति वृद्ध वा युवामध्ये कोही पनि हुन सक्दछन् तर निर्णयात्मक प्रश्न यो हो कि उसलाई सम्बन्धित पार्टी वा सङ्गठनको विश्वास, सर्वसम्मति वा बहुमत प्राप्त हुनुपर्दछ । त्यसका आधारमा नेतृत्वमा प्रायशः परिवर्तन पनि हुने गर्दछ ।

    नेतृत्वको चुनावको प्रश्नमा एउटा अर्को प्रश्नमाथि पनि विशेष रूपले विचार गर्नुपर्ने आवश्यकता छ । यो कुरा प्रष्ट छ कि कुनै पार्टीको नेतृत्वमा पुग्नका लागि उसमा सम्बन्धित पार्टीका सिद्धान्त, उद्देश्य, नीतिप्रतिको इमानदारिता, दृढता वा तिनीहरूका पक्षमा लामो समयसम्मको निरन्तरताको पृष्ठभूमि वा इतिहास रहेको हुनुपर्दछ ।

    कतिपय व्यक्तिले खालि युवा भएको हुनाले आफूलाई नेतृत्वका लागि उपयुक्त ठान्दछन् र त्यसका लागि दाबी पनि गर्दछन् । आखिरमा जुन व्यक्तिहरू वृद्ध छन, उनीहरू लामो समयसम्म बाँचिरहन नसक्ने कुरा स्वतः सिद्ध छ । त्यसकारण उनीहरूको स्थान युवाले नै लिनुपर्ने कुरा निश्चित छ तर त्यसको अर्थ जुन मानिसहरू वृद्ध छन्, उनीहरू बाचुन्जेल नै नेतृत्वमा रहनुपर्छ भन्ने होइन । त्यो कुराको फैसला यो कुराले गर्दछ : उनीहरू शारीरिक वा वैचारिक दृष्टिकोणले कहिलेसम्म सक्रिय हुन सक्दछन् वा—पहिलोभन्दा निर्णायक रूपले महत्त्वपूर्ण कुरा—कहिलेसम्म उनीहरूमाथि पार्टीले विश्वास गर्दछ ? ती दुवै कुराको आधारमा नै कोही व्यक्ति कहिलेसम्म नेतृत्वमा रहन सक्दछ वा रहनुपर्दछ ? त्यो कुराको निर्णय हुन्छ र हुनु पनि पर्दछ तर युवाहरूको प्रश्नमा त्यो विषयमा केही बेग्लै प्रकारले निर्णय गर्नुपर्ने आवश्यकता हुन्छ ।
    वृद्धको विषयमा एउटा कुरा प्रष्ट हुन्छ : उनीहरू वैचारिक, राजनीतिक वा व्यावहारिक परीक्षामा लामो समयसम्म खारिएका हुन्छन् । उनीहरूको जीवनको स्वरूप राम्रो वा नराम्रो जे भए पनि सबैका आँखाका अगाडि छर्लङ्ग हुन्छ । उनीहरूमा स्थिरता आइसकेको हुन्छ तर युवाहरूको सन्दर्भमा त्यो कुरा केही बेग्लै हुन्छ । उनीहरू अझै लामो समयसम्म परीक्षामा जानुपर्ने आवश्यकता हुन्छ । १०, २०, ३०, ४० वा त्यो भन्दा बढी समयसम्मको परीक्षापछि नै उनीहरूमा स्थिरता आउन सक्छ र वास्तवमा उनीहरू के हुन् ? त्यो कुरा प्रष्ट हुन्छ । त्यस प्रकारको पृष्ठभूमिको अभावमा कोही व्यक्ति युवक भएका कारणले मात्र ऊ पार्टीको नेतृत्वका लागि योग्य हुन्छ भन्ने होइन । उसको जीवनले वास्तवमा कुन दिशा लिने हो ? त्यो कुरा अझै अस्पष्ट हुन्छ । त्यसरी कोही व्यक्ति उमेरका दृष्टिकोणले युवा भएका कारणले मात्र कसैलाई नेतृत्वमा लैजानु सही हुन सक्दैन र त्यसका लागि ऊ लामो परीक्षाको बिचबाट जानुपर्ने आवश्यकता हुन्छ ।

    कतिपय युवाहरूले खालि उमेर कम भएको आधारमा नै आफूलाई नेतृत्वका लागि योग्य भएको ठान्दछन् वा कतिपय युवाहरूले तीव्र महत्त्वाकाङ्क्षाका कारणले पनि नेतृत्वको दाबी गर्दछन् तर त्यो अपरिपक्व र गलत दृष्टिकोण हो ।

    कतिपय युवाहरूले खालि उमेर कम भएको आधारमा नै आफूलाई नेतृत्वका लागि योग्य भएको ठान्दछन् वा कतिपय युवाहरूले तीव्र महत्त्वाकाङ्क्षाका कारणले पनि नेतृत्वको दाबी गर्दछन् तर त्यो अपरिपक्व र गलत दृष्टिकोण हो ।

    हाम्रो कम्युनिस्ट पार्टीकै कुरा गरौँ, हाम्रो पार्टीमा ठुलो सङ्ख्यामा युवकहरूले प्रवेश गर्ने गरेका छन् र उनीहरूले आफ्नो समयमा धेरै महत्त्वपूर्ण भूमिका पनि खेल्ने गरेका छन् । वर्तमान समयको नै कुरा गर्ने हो भने पनि पार्टीमा औँलामा गन्न सकिने केही वृद्ध साथीहरूलाई छाडेर ठुलो सङ्ख्या युवकहरूको नै छ । गत कालमा त्यस प्रकारका युवकहरूमध्ये धेरैले पार्टीमा सही प्रकारले काम गर्दै आएका छन् र त्यसरी नै उनीहरू परिपक्व र वृद्ध पनि हुने गरेका छन् तर उनीहरूमध्ये कैयौँ जनाको पलायन पनि हुने गरेको छ र उनीहरूले बेग्लाबेग्लै पेसा अपनाएका थिए । हाम्रो पार्टीका संस्थापक नेताहरूमध्ये पुष्पलाललाई छाडेर अरू तीन जनाको भूमिकामा निरन्तरता रहने गरेको थिएन । पार्टीको पहिलो केन्द्रीय समितिका धेरै सदस्यहरूले पलायनको बाटो समातेका थिए । यहाँसम्म कि उनीहरूमध्ये कैयौँ जनाले पञ्चायती तानाशाही व्यवस्थामा पनि प्रवेश गरेका थिए । त्यसबाट के कुरा प्रष्ट हुन्छ भने युवक हुँदैमा कसैले पार्टीमा निरन्तर क्रान्तिकारी भूमिका खेल्न सक्दछ भन्ने होइन । त्यो कुरा ता युवक होस वा वृद्ध, उसको पार्टीको सिद्धान्त र उद्देश्यप्रतिको इमानदारिता, दृढता र निरन्तरतामाथि नै निर्भर हुने कुरा हो ।

    पार्टीको प्रारम्भिक अवस्थामा कुनै व्यक्तिको लामो परीक्षा लिएपछि वा ऊ वैचारिक वा व्यावहारिक रूपले परिपक्व भएपछि उसलाई पार्टीको नेतृत्वमा ल्याउनका लागि वस्तुगत आधार थिएन । त्यसैले जो जस्ता भए पनि जसले पार्टीको काम सुरु गरे, उनीहरू नै नेतृत्वमा आए । त्यस्तो किन हुन गएको थियो भने पार्टीको विकासको अल्पावधि भएको हुनाले पार्टीमा आवश्यक परिपक्व साथीहरूको कमी थियो तर पार्टीको प्रारम्भिक दिनमा जुन प्रणाली अपनाइएको थियो, त्यो अहिले पनि सही हुन्छ भन्ने होइन । अहिले त हामीले सयकडौँ, हजारौँ साथीका बिचबाट पार्टीको नेतृत्वमा केही मुट्ठीभर साथीहरू छान्नका लागि आधार तयार भएको छ । निश्चय नै कतिपय भर्खर भर्खर पार्टीको काम सुरु भएका जिल्लामा प्रारम्भिक प्रकारको प्रणालीलाई पनि अपनाउनुपर्ने आवश्यकता हुन्छ । अहिले पार्टीको करिब ७ दशकको लामो इतिहास भइसक्यो । त्यो अवस्थामा हामीले लामो पृष्ठभूमि र इतिहास भएका साथीहरूलाई नै नेतृत्वमा चुन्नुपर्ने हुन्छ र कतिपय परीक्षा र परिपक्वताका बाबजुद दृष्टिकोणले पछाडि रहेका साथीहरू लामो समयसम्म नेतृत्वबाट बाहिर पनि रहन सक्दछन् । सायद उनीहरू अरू १०, २० वा ३०, ४० वर्षको परीक्षामा जानुपर्ने आवश्यकता हुन सक्दछ तर त्यस प्रकारको परीक्षा पार गरिसकेपछि पनि एकैसाथ सयकडौँ साथीहरू पार्टीको केन्द्रीय समिति वा सर्वोच्च नेतृत्वमा जान सक्दैनन् । वास्तविकता यो हो कि केन्द्रीय समिति वा सर्वोच्च नेतृत्वमा पुगेपछि मात्र काम गर्ने प्रकारको महत्त्वाकाङ्क्षा राख्ने व्यक्ति कहिल्यै पनि नेतृत्वका लागि योग्य हुँदैन ।

    कुनै व्यक्ति कति समयसम्म नेतृत्वमा रहन सक्दछ ? त्यो पनि अनावश्यक प्रश्न हो । जबसम्म पार्टीले कुनै व्यक्तिलाई नेतृत्वका लागि उपयुक्त वा आवश्यक ठान्दछ, त्यो बेलासम्म ऊ नेतृत्वमा रहन सक्दछ ।

    यो प्रश्न पनि प्रायः उठ्ने गर्दछ : कोही नेतृत्वमा कति समयसम्म रहनुपर्दछ वा रहनु उचित हुन्छ । माक्र्स, एङ्गेल्सहरूले जीवनका अन्तिम दिनसम्म समाजवादी आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए । लेनिनको छिट्टै मृत्यु भयो । त्यसकारण उनले वृद्धावस्थासम्म पार्टीमा नेतृत्वदायी भूमिका खेल्न सकेका थिएनन् तर स्टालिन, माओ, होचीमिन्ह आदिले वृद्धावस्थासम्म पनि नेतृत्वदायी भूमिका खेलेका थिए । संसारमा त्यस प्रकारका थुप्रै उदाहरण पाइन्छन् । त्यसरी कुन उमेरसम्म नेतृत्वदायी भूमिका खेल्न सक्दछ वा खेल्नुपर्दछ भन्ने प्रश्न नै अनावश्यक छ । कोही वैचारिक र शारीरिक दृष्टिकोणले समर्थ हुँदासम्म र पार्टीको उसमाथि विश्वास हुँदासम्म ऊ नेतृत्वमा रहन सक्दछ । त्यही अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको पनि प्रचलन रहने गरेको छ । कुनै व्यक्ति कति समयसम्म नेतृत्वमा रहन सक्दछ ? त्यो पनि अनावश्यक प्रश्न हो । जबसम्म पार्टीले कुनै व्यक्तिलाई नेतृत्वका लागि उपयुक्त वा आवश्यक ठान्दछ, त्यो बेलासम्म ऊ नेतृत्वमा रहन सक्दछ ।

    यस सन्दर्भमा मेरै विषयमा पनि बारम्बार प्रश्न उठ्ने गरेको छ । म गत ६ दशकदेखि लगातार पार्टीको केन्द्रीय कमिटीमा र करिब ४ दशकभन्दा बढी समयदेखि पार्टीको महामन्त्री पदमा रहेको छु । त्यति लामो समयसम्म पार्टीको नेतृत्वमा रहेको हुनाले मेरो विषयमा बारम्बार प्रश्न उठ्ने गरेको छ तर वास्तविक्ता यो हो कि म कहिल्यै पनि पार्टीमा बहुमतका आधारमा केन्द्रीय नेतृत्वमा रहने गरेको छैन र सधैँ सर्वसम्मतिले नै नेतृत्वमा चुनिने गरेको छु । म कहिलेसम्म नेतृत्वमा बस्ने ? त्यो कुरा या त वृद्धावस्थाको कारणले या वैचारिक वा शारिरिक दृष्टिकोणले म काम गर्ने अवस्थामा नभएपछि टुङ्गिने छ वा केन्द्रीय कमिटीले मलाई नेतृत्वबाट हटाउने निर्णय गरेपछि टुङ्गिने छ । सामान्यतः कुनै व्यक्ति पार्टीको नेतृत्वमा रहने र हट्ने कुरा टुङ्ग्याउने प्रक्रिया त्यही हो ।

    प्रश्न नेतृत्वको मात्र होइन, कुनै व्यक्तिले नेतृत्वमा रहेर मात्र काम गर्नुपर्दछ भन्ने होइन, कुनै व्यक्तिले नेतृत्वमा रहँदासम्म मात्र पार्टीको काम गर्नुपर्दछ भन्ने हुन्न । भोलि म नेतृत्वबाट हटेपछि पनि केन्द्रीय कमिटीको सल्लाहकार, जिल्ला कमिटीको सदस्य, सेलको सदस्य वा समर्थक भएर पनि पार्टीको काम गर्न सक्दछु र गर्नु पनि पर्दछ । मैले पहिले पार्टी वा पार्टीबाट निष्काशित भएको अवस्थामा पनि पार्टीको काम गर्ने गरेको छु । पछि पार्टीको सदस्यता प्राप्त भएपछि केन्द्रीय पर्यवेक्षक वा सेलमा बसेर मैले काम गरेको छु । पार्टीको महामन्त्रीबाट हटेपछि पी.बी. वा केन्द्रीय कमिटीको सदस्य मात्र भएर पनि मैले काम गर्ने गरेको छु । भोलि मैले महामन्त्रीको काम गर्न नसक्ने स्थिति आयो वा केन्द्रीय कमिटीले त्यस प्रकारको निर्णय गर्यो भने मैले जुन स्तरसम्मको जिम्मेवारी पूरा गर्न सक्ने छु वा पार्टीले मलाई जुन स्तरसम्मको जिम्मेवारी दिने छ, मैले सकेसम्म त्यही जिम्मेवारी पूरा गर्ने प्रयत्न गर्ने छु ।

    हामीले यो आशा र प्रयत्न गर्नुपर्दछ कि हाम्रो पार्टीका सबै सदस्यहरू लामो समय बाँचुन् र उनीहरू लामो समयसम्म पार्टीमा सक्रिय हुन सकुन् । मानव जीवनको आयु कम हुने गर्दछ तर हाम्रा साथीहरू १०० वा त्यो भन्दा बढी समयसम्म बाँचेर पार्टीको काम गर्न योग्य हुन्छन् भने पनि त्यो आपत्ति हैन, स्वागतयोग्य कुरा नै हुने छ ।

    हामीले यो आशा र प्रयत्न गर्नुपर्दछ कि हाम्रो पार्टीका सबै सदस्यहरू लामो समय बाँचुन् र उनीहरू लामो समयसम्म पार्टीमा सक्रिय हुन सकुन् । मानव जीवनको आयु कम हुने गर्दछ तर हाम्रा साथीहरू १०० वा त्यो भन्दा बढी समयसम्म बाँचेर पार्टीको काम गर्न योग्य हुन्छन् भने पनि त्यो आपत्ति हैन, स्वागतयोग्य कुरा नै हुने छ ।

    हामीले यो चाहान्छौँ कि हाम्रा सबै युवा साथीहरू पार्टीका सिद्धान्तप्रति बढी भन्दा बढी प्रतिबद्ध र सक्रिय बनुन् र उनीहरू पार्टीका सबै जिम्मेवारी र नेतृत्व सम्हाल्नका लागि योग्य बनुन् तर खालि उमेरले मात्र त्यसका लागि उनीहरूलाई योग्य बनाउदैन । त्यसका लागि उनीहरू उच्च र सघन प्रकारको माक्र्सवादी–लेनिनवादी प्रशिक्षण, तलैदेखि पार्टीको कामको अभ्यास र अनुशासनमा दीक्षित हुँदै जानुपर्दछ । त्यो अवस्थामा नै उनीहरूको त्यस रूपमा विकास हुने छ वा हुन सक्ने छ । यदि नयाँ पिँढीको त्यो रूपमा विकास भएन भने क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको पतन पनि हुने गर्दछ । नयाँ पिँढीको त्यस रूपमा विकास नभएको अवस्थामा कैयौँ देशका क्रान्तिकारी आन्दोलनको पतन भएका उदाहरण पनि प्रशस्त छन् ।

    सोभियत सङ्घ र चीनकै कुरा गरौँ । त्यहाँ पुरानो क्रान्तिकारी नेतृत्वको अन्तपछि नयाँ पिँढीको क्रान्तिकारी दिशामा विकास हुन नसक्दा त्यहाँको क्रान्तिकारी आन्दोलन धराशायी भएका उदाहरण पनि हाम्राअगाडि छन् । अन्तमा कुनै पनि देशको पुरानो पिँढी वा वृद्धहरू सधैँका लागि बाँचिरहन सक्दैनन् र ढिलो छिटो उनीहरूको मृत्यु हुन्छ नै तर नयाँ पिँढीको क्रान्तिकारी रूपमा विकास भएन भने त्यसले कम्युनिस्ट आन्दोलनलाई धरासयी पनि बनाउने गर्दछ । अरू विकल्प कुनै छैन । पुरानो पिँढीको ता ढिलो छिटो अन्त हुन्छ नै तर त्यस सन्दर्भमा निर्णायात्मक प्रश्न यो हो : नयाँ पिढीको क्रान्तिकारी रूपमा कहाँसम्म विकास हुन्छ ?

    यस प्रसङ्गमा अरू केही पक्षबारे पनि चर्चा गर्नुपर्ने आवश्यकता छ । त्यसले प्रस्तुत विषयलाई बुझ्नका लागि थप मदत गर्ने छ ।
    पहिले एमालेमा ७० वर्ष पुगेपछि कोही पनि नेतृत्वमा नबस्ने निर्णय गरिएको थियो । त्यो संसारमा वा विश्व कम्युनिस्ट आन्दोलनमा कतै पनि अभ्यास नगरिएको सिद्धान्तहीन र पिछडिएको सोचाइ थियो । त्यसका पछाडि कुनै सिद्धान्त वा नीतिले भन्दा नयाँ पुस्ताको नेतृत्वमा पुग्ने महत्त्वाकाङ्क्षा वा प्रतिस्पर्धाको भावनाले नै बढी काम गरेको थियो ।

    त्यस प्रकारको सोचाइ इतिहासमा राजा–महाराजामा पनि प्रशस्त पाइने गर्दछ । पुराना राजाका कैयौँ सन्तानले आफ्नो बाबु, दाइ वा पतिसम्मको पनि हत्या गरेर गद्दीमा बस्ने गरेका उदाहरण विश्वको इतिहासमा र हाम्रो देशको इतिहासमा पनि थुप्रै पाइन्छन् । वृद्ध भएका कारणले मात्र उसलाई विस्थापित गरेर नेतृत्वमा पुग्ने सोचाइ प्रकारान्तरले त्यही प्रकारको सामन्ती सोचाइ हो । त्यस प्रकारको विकृत सोचाइको परिणामस्वरूप कैयौँपल्ट पार्टीमा चरम प्रकारका गुटबन्दी पनि गर्ने गरिन्छ ।

    द्ध वा युवाका बिचको सम्बन्ध वा अन्तरविरोधलाई हामीले उपरी प्रकारले होइन, त्यससित सम्बन्धित सैद्धान्तिक र व्यावहारिक, स्पष्ट शब्दमा भन्ने हो भने माक्र्सवादी–लेनिनवादी विचारको आधारमा मात्रै हेर्ने र बुझ्ने गर्नुपर्दछ ।

    हाम्रो पार्टीमा पनि पुराना वृद्ध नेतृत्वलाई विस्थापित गरे युवा पुस्ता नेतृत्वमा आउनुपर्छ भन्ने सोचाइ कैयौँपल्ट देखा पर्ने गरेका छन् । माओवादीले आफ्नो समयमा त्यही प्रकारको अभियान चलाएका थिए तर अहिले उनीहरू स्वयम् वृद्ध हुँदै गएका छन् । क्रान्तिकारी दिशाको नारा दिएका माओवादीहरू अब दक्षिणपन्नथी संशोधनवादी दिशामा पुगेका छन् । त्यो पनि यो कुराको ज्वलन्त उदाहरण हो कि कोही खालि युवा भएका कारणले मात्र त्यसले क्रान्तिकारी दिशा समात्न सक्दैन । त्यसका लागि उसमा सैद्धान्तिक र राजनीतिक रूपले स्पष्टता, इमान्दारिता र दृढता तथा सही प्रकारको क्रान्तिकारी दृष्टिकोण हुनु आवश्यक हुन्छ । पछि नयाँ फुटपरस्त साथीहरूले पनि वृद्धहरूलाई हटाएर नयाँ पुस्ता नेतृत्वमा आउनुपर्छ भन्ने अभियान चलाएका थिए र त्यसका लागि उनीहरूले पार्टीलाई फुटाए पनि । उनीहरूले त्यस प्रकारको अभियान चलाएको पनि करिब चार वर्ष बितिसकेको छ तर उनीहरूले पनि पहिले माओवादीले उग्र “वामपन्थी” रूपमा भए पनि जति क्रान्तिकारी कदम उठाउने प्रयत्न गरेका थिए, त्यति पनि गर्न सकेका छैनन् र प्रारम्भमा नै उनीहरूको राजनीतिक दिवालियापन हुँदै गइरहेको छ ।

    अन्त्यमा, वृद्ध वा युवाका बिचको सम्बन्ध वा अन्तरविरोधलाई हामीले उपरी प्रकारले होइन, त्यससित सम्बन्धित सैद्धान्तिक र व्यावहारिक, स्पष्ट शब्दमा भन्ने हो भने माक्र्सवादी–लेनिनवादी विचारको आधारमा मात्रै हेर्ने र बुझ्ने गर्नुपर्दछ ।

    आइतबार, असार १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.