काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कस्तुरीको विनासहित एक कोरियन नागरिक पक्राउ परेका छन् ।
मंगलबार कोरिया जान लागेका जंग जून जुन नामक कोरियन नागरिक कस्तुरीको विनासहित विमानस्थलमा पक्राउ परेका हुन् ।
कोरियन एयरको उडानद्वारा कोरिया जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सुरक्षा खानतलासीको क्रममा उनलाई ‘मेटल फ्री’ गराई चेकजाँच गर्दा उनले लगाइ आएको निलो रंगको म्याक्स१५ लेखिएको जुत्तालाई एक्स–रे मेशिनमा राख्न लगाई स्क्रिनिङ गर्दा दुवै जुत्ता भित्र सेतो रंगको प्लास्टिक र टेपले बेरिएको कस्तुरीको विना जस्तो देखिने धुलो सहितको पोका थान–२ (प्रत्येक जुत्तामा १÷१ पोकाको दरले) को अन्दाजी तौल ७१६ ग्राम फेला परेको थियो ।
पक्राउ परेका ती कोरियन नागरिकलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार पठाइएको प्रहरीले जनाएको छ ।