काठमाडौं । काठमाडौं महानगरभित्रका ३३ वटा संघ संस्था निशुक सार्वजनिक शौचालय सञ्चालन गर्न सहमत भएका छन् । मंगलबार महानगर र ३२ वटा संस्थाबीच निशुल्क सार्वजनिक शौचालय सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ ।
महागरले बैंक, रेष्टुरेन्ट, स्कूल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरुसँग सम्झौता गरेको हो । नबिल बैंकसँग यसअघि नै सम्झौता भइसकेको छ।
मंगलबार महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपानेले हस्ताक्षर गरेका थिए भने दोस्रो पक्षकातर्फबाट ती संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरे।
सम्झौता आउँदो ५ वर्षका लागि हो। यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन्। यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरुकै हुनेछ। यसबापत सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्ने छैनन्।
यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्यांकन गर्न दुवै पक्षबाट १÷१ जना प्रतिनिधि तोकिनेछ। उनीहरुले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन्।
महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरेको थियो।
प्रकाशित सूचनाका आधारमा ७ दिनमा ३८ वटा संघसंस्था सम्पर्कमा आएका थिए। तीमध्ये केहीले सार्वजनिक शौचालयको लोगो निर्माण गरिदिने बताएका छन् भने सम्पर्क गरेकामध्ये सम्झौताका बेला केहीसँग सम्पर्क हुन सकेको थिएन।
सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिह्न तयार पारिएको छ।
यी हुन् सम्झौता गरिएका संघ संस्थाहरु
१) टायम्स स्क्वायर, लङ् एण्ड बार, बालुवाटार
२) पशुपति भ्यु होटल एण्ड रेष्टुरेन्ट, बालकुमारी टोल
३) डेन्टल भिल्ला, वडा नं. १४, बल्खु
४) देवयानी इन्टरनेशनल नेपाल प्रा। लि। अन्तर्गत
क) पिजा हट, वडा नं. १ दरबारमार्ग
ख) केएफसी, वडा नं. १ दरबारमार्ग
ग) केएफसी, वडा नं. ६ बौद्ध
५) डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, बसन्तपुर
६) होटल रत्नज्योती, पेरिसडाँडा
७) नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रालि, शंखमुल
८) खानेकुरा प्रालि गौशाला
९) सांग्रिला डिभलपमेन्ट बैंक, बालुवाटार
१०) बेबिलोन नेशनल स्कूल, शान्तिनगर
११) ओटिसी किचेन रेष्टुरेन्ट, बालुवाटार
१२) नेपालय पब्लिकेसन, डिल्लीबजार
१३) बसुन्धरा एण्ड गोङ्गबु एरिया रेष्टुरेन्ट, बसुन्धरा
१४) गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल
१५) घराना लञ्च एण्ड बार, बानेश्वर
१६) कामना सेवा विकास बैंक, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड,
१७) सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
१८) नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रालि, पुतलीसडक
१९) आरडीएक्स बार प्रा। लि। ठमेल
२०) नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट
२१) कार्निभल रेष्ट्रो एण्ड मिटिङ्, बिजुलीबजार
२२) बार्दली रेष्ट्रो एण्ड मिटिङ्, शंखमुल
२२) नेशनल विजनेस ट्रेड सेन्टर, कलंकी
२३) सांग्रिला डिपलपमेन्ट बैंक, बालुवाटार
२४) बिन्का लङ्, छाउनी
२५) प्रोग्रेसियो विस्ट्रो पिबीज रेष्टुरेन्ट, बौद्ध
२६) मिलाल्याण्ड डिभलपमेन्ट प्रालि, कलंकी
२७) क्रिम्पजी एडभान्चर हव, बौद्ध
२८) बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार
२९) अनुपम फुडल्याण्ड, बत्तीसपुतली
३०) रिट्रिप क्याफे, बौद्ध
३१) चिकेन स्टेशन
३२) स्तुपा हब, बौद्ध