कैलाली । पेट्रोलियम पदार्थलगायतमा भएको अत्यधिक मूल्यवृद्धि विरुद्ध कैलालीको लम्कीमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।
Advertisement
नेकपा (बहुमत) को आयोजनामा गरिएको विरोध प्रदर्शनमा विभिन्न संघ संस्था तथा स्थानीयबासीले साथ दिएका छन् ।
प्रदर्शन र राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधनको लाम लागेको छ ।
मूल्यवृद्धि विरुद्ध एक घण्टा सांकेतिक रुपमा सडक जाम गरेको प्रदर्शनमा सहभागी नेकपा (बहुमत) का एक कार्यकर्ताले बताए ।
नेपाल आयल निगमले हालै पेट्रोलमा २१ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको छ । त्यसका साथै यातायात व्यवसायीले पनि यातायात भाडा साढे ५ प्रतिशतभन्दा बढी बढाएका छन् ।
यस्तै, दैनिक उपभोग्य वस्तुको मूल्यसमेत निकै महंगिएपछि त्यसको चौतर्फी विरोध भएको छ ।
