प्रतिगामी, दलालहरूको सहयोगमा
साम्राज्यवादीको पर्यो गिद्धे नजर हाम्रो देशमा ।
मेटाउन खोज्दैछन् हाम्रो प्यारो झण्डा
सम्पूर्ण देशभक्त एक भएर गरौँ लौ प्रतिकार।।
हमला गरे कृषि, शिक्षा, स्वास्थ र श्रम माथि
वैदेशिक रोजगारीको औँला देखाए साथी ।
संघीयता भित्र्याइ बनाउँदै छन् देश टुक्राटुक्रा,
विकासका मार्ग सबै तहबाट पारे अस्तव्यस्त ।।
साम्राज्यवाद कै दबाबमा एमसीसी भित्राए,
अब फेरि एसपीपी ल्याउने दबाब दिएका छन् रे ।
साम्राज्यवाद भित्र्याउने देशका गद्दारहरु हो
सुख, शान्तीसँग नेपाली बाँच्न नपाउने भयो ।।
खबरदारी हैन अब, उठौँ देशबाट गद्दार भगाउन,
जुटौँ झण्डा बचाउन, आवश्यक परे रगत पनि बगाउन।
सामन्तवाद र साम्राज्यवादका दलालहरु हो,
देशभक्त जागरुक भै दिनेछन् परिचय वीर पुर्खाको।।
वीर गोर्खाली हौं भनी विश्व चिनाउने,
तिनै बहादुरका सन्तान हौं हामी ।
जहिलेसम्म चन्द्र सूर्य आकाशमा रहन्छ
देशको झण्डा हाम्रो मातृभूमिमा फहराई रहन्छ।।
निलो रङ्ग शान्ति र एकताको प्रतिक,
रातो रङ्ग बाहादुरीको परिचय ।
त्रिकोणले जनाएको छ, हिमालयको सुन्दरता,
जागौं, उठौं झण्डा बचाउन गरौं प्रतिवद्धता।।
तारा सोमरे (हिसार–भारत)