काठमाडौँ । राजधानी काठमाडौँबाट प्रगतिशील पाठक क्लब सञ्चालन हुने भएको छ । प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले सो जानकारी दिनुभएको हो ।
Advertisement
क्लबको संयोजकसमेत रहनुभएका पुरीका अनुसार त्यसको बैठक आज २०७९ असार २ गते राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा बसेको थियो ।
बैठकले छिट्टै पाठक क्लबको उद्देश्य, कार्यविधि तथा चुनिएका प्रगतिशील पुस्तकको जानकारी समेटिएको बुकलेट प्रकाशन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
त्यस्तै, पाठक क्लबको सदस्यता प्रकाशित गरेर देशव्यापी सदस्यता अभियान सञ्चालन गरिने पनि उहाँले जानकारी दिनुभयो ।