• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

तत्कालै मल, बिउ उपलब्ध गराउन चार किसान संगठनको माग


  •   बुधबार, असार ०१, २०७९ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका चार किसान सङ्गठनले धानरोपाइँको व्यस्त समयमा पनि मल, बिउको व्यवस्था गर्न नसकेको भन्दै तत्कालै मल, बिउ उपलब्ध गराउन सरकारसित माग गरेका छन् ।

    Advertisement

    २०७९ असार १ गतेका दिन संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले यस्तो माग गरेका हुन् ।

    प्रेसवक्तव्यमा उनीहरूले बर्सेनि धानरोपाइँका बेला मल, बिउको अभाव हुनुलाई सरकारको कमजोरी किटान गर्दै त्यसको ठोस वैकल्पिक व्यवस्था गर्न पनि उनीहरूले आग्रह गरेका छन् ।

    त्यसैगरी, एम.सी.सी. पास भएदेखि नेपालमा अमेरिकी सैन्य गतिविधिमा तीव्रता आउनु नेपालको राष्ट्रियता, स्वाधीनता, र सार्वभौमिकताको विरुद्ध रहेको उल्लेख गर्दै प्रेसवक्तव्यमा नेपाललाई शक्तिराष्ट्रको अवाञ्छित क्रिडास्थल बन्न नदिनेतर्फ सचेत रहन आग्रह गरिएको छ ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष रामदुलार महतो र अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाको हस्ताक्षर रहेको प्रेसवक्तव्यमा रहेको पूर्ण पाठ यस्तो छ :

    “हामी चार किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घ देशका किसान र सम्पूर्ण जनसमुदायले गम्भीर रूपमा ब्यहोर्नुपरेका दुई महत्त्वपूर्ण समस्यामा सरकारको तत्कालै ध्यान पुगोस् र समस्या समाधान गरियोस् भन्ने जोडदार माग गर्दै अन्यथा सङ्घर्षमा उत्रनबाहेक अरू कुनै विकल्प नरहेको यथार्थ दर्शाउँछौँ ।

    १. राज्यले धानबाली जस्तो कृषि क्षेत्रबाट २२ प्रतिशत जी.डी.पी. दिने बाली लगाउने बेलामा मल अभावको हाहाकार खडा गरेर किसानलाई पार्ने र कृषि उत्पादनमा ह्रास आउने र किसानको लगानीसम्म पनि नउठ्ने समस्या खडा गरेकाले त्यसको घोर विरोध गर्दै जुनसुकै उपायबाट तत्काल किसानलाई मल उपलब्ध गराउन जोडदार माग गर्दछो । बर्सेनि दोहोर्याइने यस्ता किसानमारा गतिविधिको तीव्र निन्दा र भत्र्सना गर्दछौँ र समयमै मल, बिउको आपूर्ति नगरेर किसानलाई पुग्ने क्षतिको हर्जानासहित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग जोडदार माग गर्दछौं ।

    वर्षैपिच्छे मलको हाहाकार सिर्जना गर्ने र किसानलाई दुःख दिने सरकारको अस्वीकार्य र अमान्य कृयाकलाप, किसानप्रतिको निरन्तरको उपेक्षा तथा मल खरिदमा कमिसन र त्यसको मोलतोलको अवाञ्छित भूमिका रहेको सर्वत्र उजागर भइसकेको छ । अतः समयमै आवश्यक मल, बिउको आपूर्ति गर्न, प्राङ्गारिक तथा जैविक मलको व्यवस्था गर्न र गुणस्तरीय मल, बिउको ठोस वैकल्पिक व्यवस्था गर्न पुनः हामी जोडदार माग गर्दछौँ र सरकारले मल आपूर्ति नगरे सङ्घर्षमा उत्रिन किसान समुदायमा आग्रह गर्दछौँ ।

    २. संसद्वादी मूलधारका दलहरूले देशको सार्वभौमिकता र स्वाधीनताको अपमान गर्ने र नेपाललाई अमेरिका अधिनस्थ तुल्याउने एम.सी.सी. जस्तो घोर राष्ट्रघाती सम्झौता संसद्बाट कथित व्याख्यात्मक टिप्पणीको टालोले छोपेर अनुमोदन गरेपछि अहिले नेपालमा अवाञ्छित अमेरिकी सैनिक गतिविधि बढेका छन् र नेपाललाई यसको असंलग्नता र पञ्चशीलमा आधारित परराष्ट्र सम्बन्धबाट स्खलित तुल्याएर अमेरिकी सैन्य गुटमा घिस्याउने गतिविधि तीव्र भएका छन् । हामी यस्ता नेपाललाई विश्व शक्तिविशेषको सैन्य गुटमा फसाउने षड्यन्त्रको कडा विरोध जनाउँछौँ । सरकारले नेपाल र नेपालीलाई शक्तिराष्ट्रका टक्करको अवाञ्छित अखडा बनाउने कृयाकलापको हामी जोडदार विरोध गर्दै सम्पूर्ण नेपाली जनसमुदायलाई बाह्य हस्तक्षेपको विरुद्ध खडा हुन पनि जोडदार आग्रह गर्दछौँ ।”

    बुधबार, असार ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.