• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपाली सेनालाई इन्डो–प्यासिफिकअन्तर्गतको स्थलसेना बनाउने प्रयास हुँदै छ : डा. युवराज संग्रौला


  •   मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित
  • प्रकाश थापामगर, काठमाठौँ ।

    Advertisement

    डा. युवराज सङ्ग्रौलाले नेपाली सेनालाई इन्डो–प्यासिफिक सेनाअन्तर्गतको थलसेना (ल्यान्ड आर्मी) बनाउने प्रयास भइरहेको बताउनुभएको छ ।

    विश्व ट्रेड युनियन महासङ्घ (डब्लू्.एफ.टी.यू.) नेपाल कोअर्डिनेसनको आयोजनामा २०७९ जेठ ३१ गते काठमाडौँमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा उहाँले सो जानकारी दिनुभएको हो ।

    ‘स्टेट पार्टनरसिप नयाँ कुरा होइन’ डा. सङ्ग्रौलाले भन्नुभयो– ‘केपी ओली प्रधानमन्त्री रहेका बेलाका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली अमेरिका भ्रमणमा गएकै बेला स्टेट पार्टनरसिपसम्बन्धी सम्झौता भइसकेको थियो ।’

    स्टेट पार्टरसिप भनेको अमेरिकाको इन्डो–प्यासिफिक स्ट्राटेजी नीति नै भएको बताउँदै उहाँले यसबारे आफूहरू पहिलेदेखि नै प्रष्ट रहेको दाबी गर्नुभयो ।

    ‘इन्डो–प्यासिफिक स्ट्राटेजीअन्तर्गतको अमेरिकी सेनाका प्रमुखहरूको नेपाली सेनाका मुख्यालयमा भइरहेको भ्रमणले यो स्पष्ट भइसकेको छ’ उहाँले भन्नुभयो– ‘यो भ्रमण भनेको नेपाली सेनालाई इन्डो–प्यासिफकअन्तर्गत स्थलसेना बनाउनका लागि हो । त्यससम्बन्धी छलफल र निर्णय पहिले नै भइसकेको छ ।’

    उहाँले अमेरिकाले भारतलाई तटस्थ नीतिबाट बाहिर निकालेर तथा नेपालमा भौतिक रूपमै अमेरिकी सेना उतारेर चीन घेर्ने नीति अगाडि सारेको बताउनुभयो । त्यसअन्तर्गत अमेरिकी सेनाहरूको नेपाल भ्रमण बाक्लिएको उहाँको भनाइ थियो ।

    एम.सी.सी. पारित गर्नुभन्दा पहिले नै स्टेट पार्टनरसिपबारे आफूहरूले राजनीतिक दलका नेताहरूलाई जानकारी गराएको पनि उहाँले बताउनुभयो ।

    ‘एम.सी.सी पारित गर्नुभन्दा पहिले प्रचण्ड, माधव नेपाललगायतका नेताहरूसित हामीले एक हजार घण्टा खर्च गरेका छौँ’ उहाँले भन्नुभयो– ‘एम.सी.सी. पारित हुनु भनेको नेपालमा अमेरिकी सेना प्रवेश गर्नु हो भन्ने बुझाउन हामीले उहाँहरूलाई धेरैपटक डकुमेन्ट बुझाएका थियौँ ।’
    उहाँले बेलिविस्तार लगाउनुभयो– ‘पहिला हामीले उहाँहरूलाई स्टेट पार्टनरसिप र अमेरिकी सेनाको नेपाल प्रवेशसम्बन्धी अङ्ग्रेजी भाषाका डकुमेन्ट बुझायौँ । नेताहरूले नेपालीमा अनुवाद गरेर दिनुस् भन्नुभयो । हामीले त्यो पनि गर्यौं । त्यसपछि उहाँले फेरि नेपालीमा तीनमहले बनाएर दिनुस् भन्नुभयो । तीनमहले पनि हामीले बनाएर दियौँ । फेरि उहाँहरूले भन्नुभयो, यो डकुमेन्ट लामो भयो, सारसङ्क्षेप दिनुस् । हामीले त्यो पनि गर्यौं तर यी सबैका बाबजुद उहाँहरूले संसद्बाट एम.सी.सी. पारित गरेरै छोड्नुभयो ।’

    डा. सङ्ग्रौलाले देश गम्भीर मोडमा उभिएको बताउँदै देश बचाउन देशभक्त नेपाली एकपटक फेरि उठ्न आह्वान गर्नुभयो ।

    कार्यक्रम अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसालको सञ्चालन, डब्लू.एफ.टी.यू. का नेपाल कोअर्डिनेटर प्रेमल खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा डब्लू.एफ.टी.यू. मोहनमान स्वाँर, अन्टुकका महासचिव शालिकराम सापकोटालगायतको आतिथ्य रहेको थियो ।

    मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.