डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकामा एउटै डोरीमा झुण्डिएको अवस्थामा एक महिला र पुरष फेला परेका छन् । जंगलमा मृत फेला परेका उनीहरु देवर भाउजु हुन्।
Advertisement
आलिताल गाउँपालिका–५ भावरका पशुपति विक र गणेश विक एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।
स्थानीय कैलाश समैजेश्वर सामुदायिक वनमा रुखमा डोरीले झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिनुभयो । घटनाको बारेमा थप खुल्न बाँकी छ ।