काठमाडौं । नेपाल प्रहरीका ५ अतिरिक्त महानिरीक्षक (एआईजी) लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
Advertisement
सरकारले उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पुजा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमकाबीच सोमबार उहाँहरुलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।
समारोहमा प्रहरी महानिरीक्षक सिंहले बढुवा भएका अधिकारीहरुलाई बधाई दिँदै नेतृत्वमा आइसकेपछि प्राथमिकता छुट्टाएर कार्ययोजनाका साथ अगाडि बढनुपर्ने बताउनुभयो ।