काठमाडौं । नेपाली सेनामा हालै बढुवा भएका तीनजना उपरथीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका दिपककुमार बानियाँ, होमनाथ दबाडी र यामप्रसाद ढकाललाई बुधबार दर्ज्यानी चिह्न लगाइदिनुभएको हो ।
Advertisement
सरकारले सोमबार उहाँहरुलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।
जंगी अड्डामा आयोजित एक समारोहकाबीच उहाँहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
उपरथी दिपककुमार बानियाँ सैनिक वार कलेजको शिक्षाध्यक्ष, होमनाथ दवाडी निरीक्षणधिकृत विभागको विभागीय प्रमुखमा र यामप्रसाद ढकाल युद्ध मद्दती तथा युद्ध सेवा मद्दती विभाग प्रमुखको जिम्मा दिइएको छ ।
यस्तै, महासेनानी पदम बहादुर बुढामगर र प्राविधिक महासेनानी अच्युत अधिकारी सहायक रथीमा बढुवा हुनुभएको छ । उहाँहरुलाई पनि प्रधानसेनापति शर्माले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।