काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमले दर्ज्यानी चिह्न लगाउनुभएको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा एक कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी चिह्न लगाइदिनुभएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को जेठ २३ गतेको निर्णयले गौतमलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । कार्यक्रममा महानिरीक्षक अर्यालले गौतमलाई हार्दिक बधाई दिँदै उहाँले कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यावसायिकताको मुल्यांकन गर्दै नेपाल सरकारले बढुवा गरेको बताउनुभयो ।
महानिरीक्षक अर्याल सँगै महानिरीक्षक बन्ने प्रतिस्पर्धामा रहेका गौतमलाई एकल उम्मेद्वार बनाउँदै अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस गरिएको थियो । अतिरिक्त महानिरीक्षक गौतम भन्दा अगाडि अतिरिक्त महानिरीक्षक पदमा नारायण दत्त पौडेलको बढुवा यस अघि भैसकेको छ ।