काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा प्रहरी परिचालन गरेर काठमाडौं उपत्यकाको फोहोर फाल्न सुरु गरिएको छ ।
फोहोर फाल्न अवरोध गर्ने १४ जना स्थानीयबासीलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार साँझ मात्रै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका तथा प्रभावितस्थल नुवाकोटको ककनी र धादिङको धुनिबेसी नगरपालिकाबीच सहमति भएको थियो ।
सोही सहमति अनुसार मंगलबार बिहानैदेखि उपत्यकाको फोहोर लिएर दर्जनौं ट्रक विसर्जनस्थलमा पुगेका थिए । तर, स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गरिएको हो ।
त्यसक्रममा अवरोध गर्ने १४ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताउनुभयो ।
सहमति अनुसार मंगलबार काठमाडौैंको फोहोर लिएर दर्जनौँ ट्रक बञ्चरेडाँडा पुगेका छन्। तर, स्थानीयले अवरोध गरेका कारण फोहोर बोकेका ट्रक रोकिएका थिए।