दिनेश रैदास, दाङ ।
राजपुर गाउँपालिकाको–६ गंगदीमा राष्ट्रिय जनमोर्चाको चुनावी समीक्षा भेलासहित संगठन विस्तार भएको छ ।
भेलालाई सम्बोधन गर्दै राजमो जिल्ला उपाध्यक्ष तथा राजपुर गाउँपालिका इन्चार्ज महेश रिजालले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाले राष्ट्रघातीविरुद्ध देशभर आवाज उठाउन र जनतालाई सचेत गराउन धेरै हदसम्म सफल भएको बताउनुभयो ।
यस्तै, राजमोका जिल्ला सदस्य कपिलदेव खनालले जनताको पक्षमा काम गर्ने मान्छे चुन्न नसकेपछि ५ वर्षमा पछुताउने अवस्था हुने बताउनु भयो ।
भेलाले टेकबहादुर बुढाको अध्यक्षतामा राजमो राजपुर एरिया समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा दिलबहादुर घर्ती, सचिवमा मनकुमार राना, सहसचिवमा टेकबहादुर डाँगी र कोषाध्यक्षमा राजकुमार विश्वकर्मा (कमल) चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा बेमराज खनाल, कृष्णबहादुर केसी, दिनेश चौधरी, फुलमाया भण्डारी, रासमाया बुढा, अति नेपाली, बीरबहादुर पुन, खडकबहादुर नेपाली, वृजनी कवर, रणबहादुर बुढा, दामोदर भण्डारी, तेजबहादुर बाठा, मिना विश्वकर्मा, निमबहादुर बुढा, कमलकुमारी शाहू, सीता नेपाली, देउकला श्रेष्ठ, वीरबहादुर कामी, लुद्राबहादुर बुढा, दलबहादुर पुन रहनुभएको छ । ललि सर्केनी, जसबहादुर घर्ती, नमराज न्यौपाने, अर्जुन नेपाली सल्लाहकारमा चयन हुनुभएको छ।
राजपुर गाउँपालिका– ७ को वडा अध्यक्ष पदका उम्मेदवार दिलबहादुर घर्तीको अध्यक्षता, २ का वडा अध्यक्ष पदका उम्मेदवार नमराज न्यौपानेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन मनकुमार रानाले गर्नु भएको थियो।