• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

ओलीको आलोचना गरेको भन्दै भुसालमाथि कारबाही गर्ने एमालेको तयारी


  •   आइतबार, जेठ २२, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेकपा (एमाले) का नेता घनश्याम भुसाललाई पार्टीले कारबाही गर्ने तयारी गरेको छ । भुसालले एक निजी टेलिभिजनलाई दिएको अन्तरवार्तामा अध्यक्ष केपी ओलीको आलोचना गरेको भन्दै अनुशासन आयोगले कारबाहीका लागि पार्टीमा सिफारिस गरेको हो।

    Advertisement

    भुसालमाथि कारबाही गर्न केशव बडाल अध्यक्ष रहेको केन्द्रीय अनुशासन आयोगले पार्टी सचिवालयलाई सिफारिस गरेको छ ।

    यता, भुसालले भने नेतृत्वको आलोचना गरेकै आधारमा कारबाही गर्न नमिल्ने जिकिर गर्दै पार्टी बिगार्ने मुख्य दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने जिकीर गर्नुभएको छ । मुख्य नेताले नै पार्टीलाई बिगार्ने काम गरेको र यसमा सबैभन्दा बढी जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने भुसालको भनाई छ ।

    ‘अध्यक्ष ओलीले संसद विघटन गर्नुभएको छ। संघीय र प्रदेश सरकारहरु हिँडाउनुभएको छ’ भुसालले भन्नुभयो, ‘महाधिवेशनमा लिस्ट पढ्नुभएको छ। लिस्ट पढेर पनि नभएपछि फलाना–फलाना चारजनालाई भोट नदेऊ भनेर ह्विप जारी भएको छ। आदि–इत्यादि सबै विषयको छानबिन हुनुपर्छ।’

    कारबाहीको पत्र सचिवालयमा
    नेता भुसालमाथि अनुशासनको कारबाही गर्ने जिम्मा अध्यक्ष ओलीले अनुशासन आयोगलाई दिएको बुझिएको छ ।

    तर, विधानअनुसार आयोगले सोझै कारवाही गर्न नमिल्ने भएपछि आयोगले यसको जिम्मा पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ।

    एमाले स्रोतका अनुसार भुसालले एउटा निजी टेलिभिजनलाई लिएको अन्तरवार्ताको प्रश्नउत्तर सबै उतारेर सचिवालयलमा पठाइएको अनुशासन आयोगका एक सदस्यले बताए । त्यही अन्तरवार्ताका आधारमा भुसालमाथि कारबाही गर्न सचिवालयलाई सिफारिस गर्ने निर्णय भएको उनको भनाई छ ।

    एमालेले पदाधिकारीलाई समेटेर केन्द्रीय सचिवालय गठन गरेको छ, जसमा १९ सदस्य छन्। भुसालको कारबाहीसम्बन्धी आयोगको सिफारिसलाई सदर गर्न कम्तिमा १० जनाको बहुमत आवश्यक पर्छ।

    एमालेको केन्द्रीय सचिवालयमा अध्यक्ष केपी शर्मा ओलीसहित ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पदमा कुमारी अर्याल छन्।

    विगतमा तेस्रो धार भनेर चिनिएका १० जना नेताले माधव नेपाललाई साथ नदिएर ओलीलाई साथ दिएको सन्दर्भमा भुसालमाथि कारबाही भए एमालेभित्र थप संकट आउने विश्लेषण पार्टी नेताले गरिरहेका छन्।

    आइतबार, जेठ २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.