काठमाडौं । नेकपा (मसाल) ले विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था मिलाउन माग गरेको छ ।
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि २१ बुँदे सुझाव पेश गर्दै मसालले सरकारको नीति तथा कार्यक्रममा विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था गरिने भनेपनि बजेटमा त्यो विषय छुटाएको जनाएको छ।
‘पहिले संसदमा प्रस्तुत भएको नीति र कार्यक्रममा विदेशस्थित नेपालीहरूलाई चुनावमा सहभागी गराउने कुरा गरिएको थियो र त्यो स्वागतयोग्य थियो ।
तर अहिले को बजेटमा त्यसबारे कुनै व्यवस्था गरिएको छैन र बजेट पनि छुट्याइएको छैन’ महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वत्तव्यमा भनिएको छ, ‘सरकारको त्यसप्रकारको नीतिको गम्भीर प्रकारले आलोचना गर्दै विदेशस्थित नेपालीहरूले मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि ठोस पहलकदमी गर्नुपर्ने आवश्यकतामाथि हामीले जोड दिन्छौँ ।’
वक्तव्यमा भनिएको छ :