काठमाडौं । पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको छ ।
मौसम खुल्दासाथ खोजीकार्यका लागि पुनःहेलिकप्टर परिचालन गरिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।
‘खोजीका लागि पठाइएको हेलिकप्टर खराब मौसमका कारण फर्किएको छ, काठमाडौँदेखि नेपाली सेनाको हेलिकप्टर पनि आउँदैछ, खोजीका लागि सबै उपायसहित तयारी अवस्थामा छौँ’, उहाँले भन्नुभयो ।
उहाँले अहिलेसम्म पनि जहाज सम्पर्कविहीन अवस्थामै रहेको उल्लेख गर्नुभयो । टुकुचे र धवलागिरि क्षेत्र आसपासबाट विमान सम्पर्कविहीन भएको हुनसक्ने अनुमान गरिएको उहाँको भनाइ छ ।
उक्त विमान पोखराबाट आज बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको थियो । पच्चीस मिनेटको यात्रापछि अवतरण हुनुपर्ने जहाज अझै सम्पर्कका आउन सकेको छैन । जहाजमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ ।
को को थिए यात्रु ?
१) वाजभवी बन्देकर
२) इन्द्र बहादुर घले
३) पुरुषोत्तम घले
४) राजन कुमार घले
५) वसन्त लामा
६) गणेश नारायण श्रेष्ठ
७) रविना श्रेष्ठ
८) रष्मि श्रेष्ठ
९) रोजिना श्रेष्ठ
१०) प्रकास सुनुवार
११) मकर बहादुर तमाङ
१२) राममाया तमाङ
१३) सुकुमाय तामाङ
१४) तुलसा देवी तमाङ
१५) अशोक कुमार त्रिपाठी
१६) धनुष त्रिपाठी
१७) रितिका त्रिपाठी
१८) युडब्लुई विल्नर
१९) मेइके ग्रिट ग्राफ
चालक दलका सदस्य
क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
को–पाइलट उत्सव पोखरेल
एयर होस्टेज किस्मी थापा