जनकपुरधाम । सर्लाहीको चन्द्रपुर गाउँपालिकाले १२ कक्षा पुरा गरेर २० वर्ष पारी विवाह गर्ने छोरीलाई ५० हजार रुपैयाँ दिने भएको छ। गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले शुक्रबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गर्नुभएको हो।
Advertisement
वर्षेनी अत्यधिक मात्रामा हुने बाल विवाहलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको अध्यक्ष महतोले बताउनुभयो ।
कक्षा १२ अनिवार्य र २० वर्षपछि छोरीले विवाह गरे बालविवाह, भागी विवाह, लैङ्गिक हिंसा, घरेलु हिंसाको अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अध्यक्ष महतोको भनाई छ ।