काठमाडौं । भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेनु दाहाल दुर्घटनामा घाइते हुनुभएको छ । शुक्रबार ललितपुरको जावलाखेलमा दाहाल चढेको गाडी दुर्घटना भएको हो ।
Advertisement
घाइते दाहाललाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको छ । उहाँको टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ। उहाँको टाउकोको सिटी स्क्यान गरिएको छ भने रिपोर्ट आउन बाँकी छ।
प्रहरी स्रोतका अनुसार दाहाल चढेको प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी जावलाखेलको स्टाफ कलेज नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।