काठमाडौं । धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङ चुनाव जितेलगत्तै काम सुरु गर्नुभएको छ । धरानको खानेपानी समस्या समाधान गर्ने एजेण्डासहित स्वतन्त्र रुपमा निर्वाचन जित्नु भएका साम्पाङ जितको अबिर सुक्न नपाउँदै फिल्डमा खटिनुभएको हो।
Advertisement
देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने फिल्डमा खटिएर काम गरिरहनु भएको छ ।
साम्पाङ आज धरानको खानेपानी मुहानमा पुगेर सरसफाई गर्न निर्देशन दिनुभएको छ। उहाँले मुहानमा कमजोरी सच्याउन निर्देशन दिनुभयो। आफै सरसफाईमा सक्रिय हुनुभयो ।
साम्पाङले आफ्नो पहिलो उद्देश्य धरानको खानेपानीको समस्या समाधान गर्नु रहेको बताइसक्नु भएको छ । उहाँले चुनावमा जितेपछि खुशी मनाउने भन्दा काम गरेर देखाउन भन्नुभएको छ ।