दार्चुला । दार्चुलामा बलात्कारको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।
Advertisement
नौगाड गाउँपालिका–६ खालिडाँडा लेकस्थित मालिकार्जुन आधारभूत विद्यालयका कम्प्युटर शिक्षक ३३ वर्षीय राम सिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
किशोरीलाई जबर्जस्ती करणी गरी सामाजिक सञ्जालमा भिडिओ पोष्ट गरेको पाइएपछि घटना बाहिरिएको प्रहरीले जनाएको छ ।
गत फागुन ७ गते शिक्षक धामीले किशोरीलाई जबर्जस्ती करणी गरेर भिडिओ बनाएका थिए । त्यसपछि सो भिडिओ सामाजिक सञ्जालमा राखिएको थियो ।
पीडित किशोरीले शिक्षकका विरुद्ध प्रहरीमा जबर्जस्ती करणीको जाहेरी दिएकी छन् ।