अछाम । अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।
Advertisement
पञ्चदेवल विनायक नगरपालिका–४ टोट्केसालमा मलामी बोकेको ट्रयाक्टर दुर्घटना भएको हो । दुर्घटनामा सोही स्थानका ३५ वर्षीय तारा धमाला र ४४ वर्षीय अमर धमालाको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार दिउँसो मलामी बोकेको भे १ त ८९३७ नम्बरको ट्रयाक्टरको ट्रली सडकमा पल्टिएको थियो ।
दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अन्य घाइतेको अछाम जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।