काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
Advertisement
वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४च २३१५ नंको जीप आज साँझ सिमखोला पुलको बारमा ठोकिएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
८ जना सवार रहेको जीप दुर्घटना हुँदा तीन जनाको हेटौँडा अस्पतालमा उपचारका लागि ल्याउने क्रममा र एक जनाको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सो कार्यालयले जनाएको छ । मृतक चारजना पुरुष रहेका छन्।
घाइते भएका चारमध्ये चालकसहित तीन जनाको हेटौँडा अस्पतालमा र एकजनाको उपचारका लागि काठमाडौँ ल्याइएको छ।
घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। रासस