काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा राष्ट्रिय जनमोर्चाका तर्फबाट उपप्रमुखका उम्मेदवार बन्नुभएका रोसन दानीले ४ हजार ४५९ मत ल्याउनुभएको छ ।
निर्वाचनमा पराजित भएपनि काठमाडौं उपत्यकाभित्र राजमोले पाएको यो मतसंख्या उच्च हो ।
दानी गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार हुनुहुन्थ्यो । उपप्रमुखमा १० हजार ४२ मत बदर भएको छ ।
निर्वाचनमा जित हार स्वाभाविक भएको उल्लेख गर्दै दानीले आफू चन्द्रागिरीको विकास र सो क्षेत्रका जनताको सेवामा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
चन्द्रागिरी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरी १५ हजार ४७५ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उत्तमबहादुर राउतले ४ हजार ६५१ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, उपप्रमुखमा एमालेकी वसन्ती श्रेष्ठ १५ हजार ५६४ मतका साथ विजयी हुनुभएको छ ।