• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

झिमरुकमा एमालेसँग ‘सिद्धान्तहीन तालमेल’ गरेकोप्रति माओवादीसँग मसाल रुष्ट


  •   बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले स्थानीय निर्वाचनमा पाँच दलभित्रका कतिपय गलत प्रवृतिका कारण चुनावी तालमेलमा आघात पुगेको बताएको छ ।

    Advertisement

    पाँच दलीय चुनावी तालमेलको नीतिगत र व्यवहारिक दृष्टिकोणले ऐतिहासिक महत्व भएपनि पाँच दलभित्रबाट देखा परेका गलत तौर तरिकाबाट पाँच दलीय चुनावी तालमेलमा धेरै नै आघात पुग्न गएको मसालको ठहर छ ।

    चुनावी तालमेलले गएको निर्वाचनमा भन्दा राष्ट्रिय जनमोर्चालाई केही बढी फाइदा पुगेको मसालको ठहर छ । तर पाँच दलको घोषित नीति विपरित माओवादीको व्यवहारले प्युठानको झिमरुक गुमाउनुपरेको मसालले जनाएको छ ।

    विहीबार एक वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले भन्नुभएको छ, ‘अहिलेको स्थानीय चुनावमा हाम्रो सबैभन्दा महत्वपूर्ण पराजय प्यूठानको झिम्रुकमा नै भएको छ । त्यहाँ माओवादीको एमालेसितको गठबन्धन स्वयम् माओवादी–केन्द्रको घोषित नीति र पाँच दलीय गठबन्धनको पनि घोषित नीतिका विरुद्ध थियो । पाँच दलीय गठबन्धनमा हामीले त्यसबारे प्रश्न उठाएका थियौँ । तर त्यस प्रकारको सिद्धान्तहीन गठबन्धनलाई रोक्नको लागि स्वयम् माओवादी–केन्द्रले पनि कुनै ठोस पहल गरेन ।’

    वक्तव्यमा भनिएको छ–
    ‘स्थानीय चुनावको सबै परिणाम आउन अझै बाँकी छ । तैपनि त्यसका अहिलेसम्म जुन परिणाम आएको छ, त्यसबाट पाँच दलीय चुनावी तालमेलको औचित्यता प्रमाणित भएको छ । पाँच दलीय चुनावी तालमेलको नै परिणाम हो कि देशमा प्रतिगमनको नेतृत्व गर्ने एमाले धेरै नै पराजित हुन पुगेको छ । एकातिर पाँच दलले प्राप्त गरेको विजय र अर्कातिर एमालेले प्राप्त गरेको विजयको परिणामलाई तुलना गरेर हेर्ने हो भने एमाले धेरै नै पछाडि रहेको कुरा प्रष्ट छ । त्यसको स्थानीय चुनावपछि त्यो (एमाले) देशको सबैभन्दा ठूलो शक्ति बन्ने घोषणा धराशयी भएको छ । अहिलेको स्थानीय चुनावको परिणामले पाँच दलीय एकताको महत्वलाई बढाउँछ र आगामी प्रदेश र संसदको चुनावमा पनि पाँच दलीय एकता कायम रहन सकेमा प्रतिगमनलाई पूरै पराजित गर्न सक्ने सम्भावनामा कुनै शङ्का रहन्न ।

    पाँच दलीय चुनावी तालमेलको नीतिगत र व्यवहारिक दृष्टिकोणले ऐतिहासिक महत्व रहेको भएपनि पाँच दलभित्रबाट नै देखा परेका गलत तौर तरिकाबाट पाँच दलीय चुनावी तालमेलमा धेरै आघात पुग्न गएको छ । कुरा यो मात्र होइन कि आपसमा चुनावी तालमेल वा सिटको बाँडफाँडबारे सही समझ्दारी हुन नसक्दा देशका धेरै ठाउँहरुमा चुनावी तालमेल हुन सकेन । कैयौँ स्थानहरूमा पनि पाँच दलभित्र नै नराम्रो प्रकारको प्रतिस्पर्धा हुन गयो । पाँच दलका बीचमा प्रतिगामी शक्तिसित, अर्थात एमालेसित कुनै तालमेल नगर्ने निर्णय भएको थियो । तर पाँच दलभित्रका कतिपय पक्षहरूले केही शक्तिसित तालमेल गर्ने नीति अपनाए । कतिपय स्थानहरूमा पाँच दलभित्र समझ्दारी भएका उम्मेदवारहरूका विरुद्ध बागी उम्मेदवारहरू पनि उठ्ने काम भयो । पाँच दलभित्रका कतिपय पक्षहरूले नीतिगत रूपमा नै गठबन्धनका विरुद्ध अभियान चलाए । कतिपय निर्वाचन क्षेत्रहरूमा आपसमा समझ्दारी भएर उठाइएका उम्मेदवारहरूका विरुद्ध अन्तरघात गर्ने काम समेत गरियो । यी सबै कारणहरूले पाँच दलीय चुनावी तालमेल देशव्यापी रूपमा सन्तोषजनक प्रकारले कार्यान्वयन हुन नसकेको कुरा पनि प्रष्ट छ । त्यसले गर्दा आउने दिनहरूमा पाँच दलीय चुनावी तालमेलले कहाँ प्रभावशाली प्रकारले काम गर्न सक्नेछ त्यसबारे आशङ्का उत्पन्न भएको छ ।

    राजनीतिमा नीतिगत रूपमा इमान्दारिता र विश्वसनीयताले गम्भीर अर्थ र महत्व राख्दछ । देशका धेरै राजनीतिक पार्टीहरूमा त्यस प्रकारको नीतिगत इमान्दारिता र विश्वसनीयताको कमी रहने गरेको पाइन्छ । कतिपय राजनीतिक पार्टीहरूले तात्कालिक फाइदाका लागि स्वयम् आफ्नै नीतिगत प्रतिवद्धताको समेत अतिक्रमण गरेर काम गर्दै गरेका छन् । त्यो कुरा अहिलेको स्थानीय चुनावको सन्दर्भमा पाँच दलभित्रका कतिपय पक्षहरूले अपनाएका त्यस प्रकारका नीतिहरूबाट पनि प्रष्ट हुन्छ ।

    त्यस प्रकारको कार्यशैलीबाट तात्कालिक रुपमा केही फाइदा प्राप्त भएपनि दीर्घकालीन रूपमा त्यस प्रकारको कार्यशैलीबाट जनताको राजनीतिक पार्टीहरूमाथिको विश्वास समाप्त हुने वा गम्भीर प्रकारका दुष्परिणामहरू हुने सम्भावना पनि रहन्छ । त्यो अवस्थामा जनताले गैरदलीय विकल्पहरु खोज्ने प्रवृत्तिहरू पनि पाइन्छन् । अहिले राजधानी सहित देशका कतिपय स्थानहरूमा स्वतन्त्र उम्मेदवारहरूले प्राप्त गरेको मतलाई राजनीतिक दलहरूमा देखा पर्ने गरेको नीतिगत, इमान्दारिता र विश्वसनीयताको अभाव वा अवसरवादीतालाई पनि कारणको रुपमा लिन सकिन्छ । त्यही प्रकारको अवस्थामा संसारका कैयौँ देशहरुमा राजनीतिले प्रतिगामी दिशा लिने गरेको पनि पाइन्छ । त्यसैले अहिले देशको राजनीतिमा देखा पर्ने गरेको नीतिगत इमान्दारिता र विश्वसनीयताको खडेरीलाई हामीले सामान्य र तात्कालिक अर्थमा नलिएर भविष्यमा त्यसका गम्भीर परिणाम हुने सम्भावनातिर पनि उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकता छ ।

    यो सत्य हो र यो कुरालाई हामीले गर्वका साथ दाबी गर्न सक्दछौँ कि नीतिगत इमान्दारिता र विश्वसनीयतालाई दृढतापूर्वक समातेर काम गर्ने नेपालका राजनीतिक पार्टीहरू मध्ये नेपाल कम्युनिस्ट पार्टी(मसाल)को सर्वश्रेष्ठ स्थान छ । अहिलेको चुनावमा पनि राष्ट्रिय जनमोर्चा नै एक मात्र यस्तो राजनीतिक पार्टीका रूपमा अगाडि आएको छ, जसले पाँच दलीय चुनावी तालमेल र त्यस सन्दर्भमा गरिएको प्रतिवद्धतालाई इमान्दारिता र दृढतापूर्वक लागू गर्ने गरेको छ । खाली केन्द्रीय स्तरमा मात्र होइन, स्थानीय तहमा पनि त्यस प्रकारको नीतिलाई लागू गर्ने विषयमा राजमो प्रतिवद्ध रहेको छ ।

    त्यसैले हामीले पाँच दलीय चुनावी तालमेललाई अधिकतम रूपमा कार्यान्वयन गर्ने र एमालेसँग कुनै पनि स्तरमा तालमेल नगर्ने नीतिलाई दृढतापूर्वक लागू गर्ने गरेका छौँ । एमालेसित तालमेल गर्दा विजयको सम्भावना भएका कतिपय स्थानहरूमा पनि हामीले त्यस प्रकारको तालमेललाई अस्वीकार गर्ने गरेका छौँ । त्यस प्रकारको नीति अपनाउँदा कतिपय क्षेत्रहरूमा हामीले पराजयको सामना पनि गर्नु परेको छ । तर त्यस प्रकारको नीतिप्रतिको इमान्दारिता र विश्वसनीयताका कारणले नैतिक रूपमा देशका सबै राजनीतिक पार्टीहरू मध्ये हाम्रो स्थान सबै भन्दा उच्च रहने गरेको छ । अहिलेको स्थानीय चुनावको सन्दर्भमा मात्र होइन, देशको सम्पूर्ण राजनीतिक इतिहासमा हाम्रो पार्टीको त्यस प्रकारको आदर्श रहने गरेको छ । त्यस अर्थमा हाम्रो पार्टी देशका सबै राजनीतिक पार्टीहरु मध्ये अगाडि रहेको र राष्ट्रिय जनमोर्चाले पनि त्यस प्रकारको नीतिलाई अनुशरण गर्दै आएको कुरामा कुनै शङ्का छैन ।

    जस्तो कि माथि भनियो, पाँच दलीय चुनावी तालमेलको कारणले चुनावमा एमालेलाई धेरै नै धक्का दिनु सम्भव भएको छ । तर पाँच दलका विभिन्न पक्षहरु मध्ये कतिपय पक्षहरूद्वारा स्वयम् पाँच दलीय प्रतिवद्धतालाई लागू गर्न अपनाइएको ढुलमुल र अवसरवादी नीतिका कारणले प्रतिगमनका विरुद्ध जति उपलब्धि प्राप्त हुन सक्दथ्यो, त्यो हुन नसकेको कुरा प्रष्ट छ । यदि स्थानीय चुनावको त्यस प्रकारको अनुभवको सही समिक्षा गरेर त्यसमा समयमा नै सुधार नगर्ने हो भने आगामी प्रदेश र संसदीय चुनावमा पनि प्रतिगमनलाई पूरै पराजित गर्न मुश्किल पर्नेछ र त्यसलाई पराजित गर्न नसकेमा देश एक वा अर्काे प्रकारले प्रतिगमनतिर जाने सम्भावना रहनेछ । देश प्रतिगमनतिर जानुको अर्थ हुनेछ, जनताको महान आन्दोलनद्वारा प्राप्त ऐतिहासिक उपलब्धिहरू लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता समेतको अन्त । यो साचिँकै दुःखको कुरा हो कि स्वयम् पाँच दलभित्रका कतिपय राजनीतिक पार्टीहरूले देशका त्यस प्रकारका ऐतिहासिक राष्ट्रिय महत्वका विषयहरूप्रति ध्यान हटाएर तात्कालिक वा स्थानीय फाइदाहरूप्रति नै ध्यान केन्द्रित गर्ने गरेका छन् र त्यसका लागि प्रतिगामी शक्तिहरूसित पनि साँठगाँठ गर्ने नीति अपनाएको पाइन्छ । खाली स्थानीय स्तरमा मात्र होइन, केन्द्रीय नेतृत्वद्वारा पनि त्यस प्रकारका नीतिहरूप्रति अवसरवादी र सम्झौतापरस्त दृष्टिकोण अपनाउने गरेको पाइन्छ ।

    यो बताउँदा हामीलाई खुसी लागेको छ कि अहिलेको स्थानीय चुनावमा पाँच दलीय चुनावी तालमेलका कारणले राष्ट्रिय जनमोर्चालाई पनि महत्वपूर्ण उपलब्धिहरू प्राप्त भएका छन् । समग्र रूपमा पहिलेको तुलनामा राजमो बढी सिटहरू जित्न सफल भएको छ । बाग्लुङमा एउटा गाउँपालिकाको अध्यक्ष र एउटा नगरपालिका प्रमुखमा हामीलाई विजय प्राप्त भएको छ । त्यसै गरेर अर्घाखाँचीमा एउटा नगरपालिकाको प्रमुख र प्यूठानमा एउटा गाउँपालिकाको अध्यक्षमा हामीलाई विजय प्राप्त भएको छ ।

    त्यसरी पहिले बाग्लुङ्गको एउटा पालिकामा हामीलाई विजय प्राप्त भएकोमा अब दुई ठाँउमा विजय प्राप्त भएको छ । अर्घाखाँचीमा पहिले हामीले कुनै स्थानमा प्रमुख पद प्राप्त गरेका थिएनौँ तर अब एउटा थप स्थानमा विजय प्राप्त भएको छ । तर प्यूठानमा पहिलेका दुई स्थानहरुमा हामीलाई विजय प्राप्त भएकोमा अब हामीले एक स्थान मात्र जितेका छौँ र एक स्थानमा हारेका छौँ । उपाध्यक्ष वा उपप्रमुखमा बाग्लुङमा २ र प्यूठानमा २ सिटहरु प्राप्त भएका छन् । गुल्मीको कालिगण्डकीमा पहिले उपाध्यक्षको १ सिट जितेकोमा अब त्यसमा हाम्रो पराजय भएको छ ।

    बाग्लुङको काठेखोला र बडीगाड गाउँपालिकामा उपाध्यक्षका पदहरू प्राप्त भएका छन् भने प्यूठानमा स्वर्गद्वारी र ऐरावतीमा थप उपप्रमुख र उपाध्यक्षका पदहरु प्राप्त भएका छन् । कतिपय जिल्लाहरुमा पहिलेको तुलनामा केही बढी नै वडा अध्यक्ष र वडा सदस्यहरुका पदहरुमा पनि हाम्रो विजय भएको छ । त्यसरी समग्र रुपमा पहिलेको तुलनामा स्थानीय चुनावमा थप लाभ पुगेको छ ।

    अहिलेको स्थानीय चुनावमा हाम्रो सबैभन्दा महत्वपूर्ण पराजय प्यूठानको झिम्रुकमा नै भएको छ । त्यहाँ माओवादीको एमालेसितको गठबन्धन स्वयम् माओवादी–केन्द्रको घोषित नीति र पाँच दलीय गठबन्धनको पनि घोषित नीतिका विरुद्ध थियो । पाँच दलीय गठबन्धनमा हामीले त्यसबारे प्रश्न उठाएका थियौँ । तर त्यस प्रकारको सिद्धान्तहीन गठबन्धनलाई रोक्नको लागि स्वयम् माओवादी–केन्द्रले पनि कुनै ठोस पहल गरेन ।

    लुम्बिनी प्रदेश कार्यालयले त्यो गठबन्धनलाई उनीहरुको आफ्नै घोषित नीतिसित मेल नखाने बताएर त्यसका लागि सचेत गराउन पत्र लेखेर पठाएको थियो । त्यसरी माओवादी–केन्द्रको प्रदेश कार्यालयले त्यस सन्दर्भमा लेखेर पठाएको पत्र खाली औपचारिकता पूरा गर्ने प्रकारको मात्र थियो । त्यसरी पार्टीका आफ्नै संगठनको नीतिका विरुद्ध गरिएको त्यस प्रकारको तालमेललाई रोक्न वा उनीहरूका विरुद्ध कार्बाही गर्न उनीहरूको प्रदेश कार्यालयले पनि कुनै प्रभावशाली कदम उठाएन । उनीहरूको त्यस प्रकारको ढुलमुल नीति प्रकान्तरले प्रतिगमनसितको अप्रत्यक्ष प्रकारको साँठगाँठको नीति नै थियो ।

    माओवादीको प्रतिगमनसितको साँठगाँठको नीति बाहेक झिम्रुकमा माओवादी र एमालेले कतिपय स्थानहरुमा बुथ क्याप्चरिङ्ग गर्ने र ठूलो पैमानामा पैसाको वितरण गर्ने समेत काम गरेका थिए । उनीहरूका त्यस प्रकारका कारबाहीहरू बाहेक स्वयम् हाम्रा आफ्नै आन्तरिक सांगठनिक समस्या वा कार्यशैली सम्बन्धी कमजोरिका कारणले पनि झिम्रुकको चुनावमा हाम्रो हार हुन गयो । बताइरहनुपर्ने आवश्यकता छैन कि झिम्रुकको त्यो हारले हामीलाई महत्वपूर्ण पाठ सिकाएको छ र आगामी दिनहरूमा त्यसको समीक्षा गरेर त्यसमा सुधारका लागि हाम्रो विशेष ध्यान जानुपर्ने आवश्यकता छ ।

    अन्तमा, अहिलेको पाँच दलीय चुनावी तालमेलको नीतिबाट प्रतिगमनलाई पराजित गर्नका लागि महत्वपूर्ण मदत पुगेको छ र त्यसमा भएका कमजोरीहरूलाई सुधार्दै भविष्यमा त्यसलाई अरु प्रभावशाली प्रकारले अगाडि बढाउनुपर्ने आवश्यकता छ । अनि मात्र प्रतिगमनलाई पराजय गर्नु र त्यसको खतराबाट आन्दोलनद्वारा प्राप्त ऐतिहासिक उपलब्धिहरूलाई बचाउन सम्भव हुनेछ । त्यो ऐतिहासिक जिम्मेवारी अहिले पाँच दलका काँधमा आएको छ । हामीले त्यो जिम्मेवारीलाई कसरी पूरा गर्दछौँ, त्यसमाथि नै देशको राजनीतिक भविष्य निर्भर गर्दछ ।’
    २०७९ जेष्ठ ०५ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

     

     

    बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.