बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाको उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तिलक थापा विजयी हुनुभएको छ ।
Advertisement
बुधबार साँझ सम्पन्न मतगणनामा थापाले ६७१२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी कोपिला पुनको ६ हजार ४४७ मत रहेको छ ।
थापा निकटतम प्रतिस्पर्धीभन्दा २६५ मतले विजयी हुनुभएको हो ।
गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा विजयी हुनुभएको छ ।
सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले ७ हजार ७५० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर कार्कीले ६ हजार ३८३ मत प्राप्त गर्नुभयो ।
काठेखोला गाउँपालिकामा कांग्रेसले ४, नेकपा एमालेले ३ र राजमोले १ वडा जितेका छन्।