जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना कार्य अनिश्चित समयका लागि स्थगित भएको छ ।
Advertisement
वडा नम्बर–५ को क्षिरेश्वर मावि (ङ) मतदान केन्द्रको मतगणना कार्य भईरहेको अवस्थामा दलका प्रतिनिधिहरुले सो विषयमा विवाद भएपछि मतगणना स्थगित भएको हो ।
दलका प्रतिनिधिहरुले मतगणनाको विषयमा विवाद सिर्जना गरेकोले मतगणना कार्य स्थगित गरिएको निर्वाचन अधिकृत विकास बस्नेतद्वारा जारी सूचनामा जनाइएको छ ।
यस नगरपालिकामा कांग्रेसबाट निवर्तमान मेयर योगेन्द्र पजियार, एमालेबाट सुकदेब यादव र एकीकृत समाजवादीबाट शिवशंकर प्रसाद सिंहबीच प्रतिस्पर्धा छ ।