बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार भारी मतले अगाडि देखिएका छन्।
Advertisement
गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजु थापाले ४ हजार २४१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका दिलबहादुर कार्कीले २ हजार ५२० मत ल्याउनुभएको छ ।
यस्तै, उपाध्यक्षका उम्मेदवार तिलक थापा ३ हजार ६६५ मतसहित अग्रता लिनुभएको छ । एमालेकी कोपिला पुनको २ हजार ६८१ मत रहेको छ ।
अहिले वडा नं ५ को मतगणना भइरहँदाको यो परिणाम हो । अब वडा नं ५को केही, ६ र ७ गन्न बाँकी छ ।