धनगढी । स्थानीय निर्वाचन अन्तर्गत देशैभर भएको मतगणनामा रोचक परिणाम आउने पालिकामध्ये सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढी पनि हो ।
Advertisement
धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले प्रमुख राजनीतिक दलहरुलाई पछि पार्दै हालसम्म भएको मतगणानामा आफूलाई निकै अघि देखाउनुभएको छ ।
स्वतन्त्र उम्मेदवार गोपाल हमालले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले ल्याएको मतभन्दा हमालको मत धेरै छ । हमालले १७ सय १० मतको अग्रता लिनुभएको छ ।
सोमबार अपरान्ह १० हजार ३२९ मत गनिसक्दा हमालले ४ हजार ५३८ मत प्राप्त गर्नुभएको छ ।
कांग्रेसका नृपबहादुर वड २ हजार ८२८ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ भने एमालेका रणबहादुर चन्द १ हजार १४० मतका साथ वडलाई पछ्याइरहनुभएको छ । धनगढीमा हालसम्म २ हजार ७९ मत बदर भएका छन् ।