प्युठान । प्युठानको ऐरावति गाउँपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाको गठबन्धन विजयी भएको छ ।
Advertisement
अध्यक्षमा कांग्रेसका नविलविक्रम शाह विजयी ४ हजार ६६९ मतसहित विजयी हुनु भएको छ । उहाँ ले नेकपा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेतलाई २ हजार १९ मत अन्तरले पराजित गर्नुभएको हो ।
बस्नेतले २ हजार ६५० मत पाउनुभएको छ भने नेकपा एमालेका श्याम बहादुर थापाले १ हजार ५८६ मत पाउनुभएको छ ।
पालिका उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद श्रेष्ठ ४ हजार ६४७ मतसहित विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार टिका बहादुर गुरुङले १ हजार ७२१ मत पाउनुभएको छ भने एमालेका कमला कुमारी ज्ञवालीले १ हजार ५४७ मत पाउनुएको छ ।