काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका तीन जना वडासदस्य विजयी हुनुभएको छ ।
Advertisement
वडा नं. ३ मा नरमाया राना र ओमबहादुर सिँजापति वडासदस्यमा विजयी बन्नुभएको हो । माओवादी केन्द्रका जितु त्रामु नेतृत्वको प्यानलको जीतसँगै नरमाया रानाले १०९५ र ओमबहादुर सिँजापतिले ११०२ मत प्राप्त गर्नुभएको थियो ।
सत्यवती गाउँपालिकाकै वडा नं. ६ मा राजमोकी लक्ष्मी पुलामीले विजय हासिल गर्नुभएको छ । काङ्ग्रेस नेतृत्वको प्यानलमा पुलामीले प्रतिद्वन्द्वीलाई २३९ मतले पराजित गर्नुभएको थियो ।