बझाङ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी हुनुभएको छ ।
उहाँले दुई हजार ७७४ मत प्राप्त गर्नुभएको हो । उहाँको निटकतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशी रहनुभएको छ । जोशीले दुई हजार ११३ र सत्ता गठबन्धनका उम्मेदवार विनोद थापाले एक हजार २०३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती तीन हजार १५० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी एमालेकी मीरा रावलले दुई ५८७ मत ल्याउनुभएको छ ।
त्यस्तै , साइपाल गाउँपालिकामा नेकपा (एमाले)का मानबहादुर बोहराले ६७५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ ।
नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित हुनुभएको हो । गाउँपालिका उपाध्यक्षमा पनि एमालेको डोल्मा तामाङ ६७५ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसको बाटु बोहराले ६१९ मत प्राप्त गर्नुभएको हो ।
यस्तै यस पालिकाको वडा नं १ मा प्यानलसहित एमालेका नरेन्द्र धामी विजयी हुनुभएको छ । वडा नं २ मा कांग्रेसका हरिलाल बोहरा विजयी हुनुभएको छ भने वडा नं ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी हुनुभएको छ ।
त्यस्तै वडा नं ४ मा कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी हुनुभएको छ भने वडा नं ५ एमालेका जयपाल बोहरा प्यानलसहित विजयी हुनुभएको जनाइएको छ ।