• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दोलखामा गोली चल्यो, बाजुरा र कोहलपुरमा खुकुरी हानाहान

"बारामा उम्मेदवार घाइते "

  •   शुक्रबार, बैशाख ३०, २०७९ मा प्रकाशित
  • काठमाडौँ । स्थानीय तहको चुनावका सन्दर्भमा देशका विभिन्न स्थानमा तनाव भएको छ । अधिकांश स्थानमा शान्तिपूर्ण मतदान भएपनि देशका कतिपय स्थानमा झडप भएको खबर प्राप्त भएको छ ।

    Advertisement

    दोलखाको वैत्यश्वरमा हवाइ फायर
    दोलखाको वैतयश्वर गाउँपालिका वडा नम्बर ३ को कालीढुंगा मावि मतदान स्थलमा झडप भएको छ । झडपपछि सो मतदान केन्द्रमा मतदान स्थगित भएको छ।

    सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएको हो। एक सयको हाराहारीमा मत खसिसकेको अवस्थामा सत्ताधारी दुवै दलका कार्यकर्ताहरूबीच झडप भएपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ।

    अहिले सेनाले मतदान स्थल नियन्त्रणमा लिएको छ।

    बाराको देवतालमा कांग्रेस–लोसपा झडप
    यता, बाराको देवताल गााउँपालिका वडा नम्बर ७ स्थित पिपरपाति प्राविको मतदान केन्द्रमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीबीच झडप भएको छ।

    दुई दलको झडपपछि मतदान प्रक्रिया नै रोकिएको छ। झडपमा दुवै दलका वडा अध्यक्षका उम्मेदवार सामान्य घाइते भएका छन्।

    लोसपाका वडा अध्यक्षका उम्मेदवार विकास कुमार सिंहले एक वृद्ध मतदाताको मतपत्र लिएपछि त्यही विषयलाई लिएर कांग्रेसका वडा अध्यक्षका उम्मेदवार सत्यन्द्र यादव समूहले विरोध गरेपछि विवादले झडप रुप लिएको हो।

    बाजुराको मतदान केन्द्रमा खुकुरी हानाहान
    यता, बाजुराको बूढीगंगामा प्रमुख प्रतिपक्षी नेकपा एमालेका कार्यकर्ताले सत्तारुढ नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेका छन्।

    बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालय भवन मतदान केन्द्रमा एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेका हुन्।

    खुकुरी प्रहारबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार खडक थापा, एजेन्ट गंगा जोशी र धनगिरी खत्री घाइते भएका छन्। घाइतेहरुको अहिले टाँटे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । मतदान स्थलमा आक्रमण भएपछि अहिले मतदान स्थगित भएको छ।

    कोहलपुरमा खुकुरी हानाहान
    यस्तै, बाँकेको कोहलपुरस्थित एक मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा खुकुरी प्रहार भएको छ। कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको हो।

    त्यसक्रममा खुकुरी प्रहार हुँदा दुवै पक्षका एक एक जना घाइते भएका छन्।

    गएराति खुकुरी प्रहारबाट पार्टीनिकट योङ कम्युनिस्ट लिग (वाईसीएल)का नेता राजु शाही र एमालेका विजय थापा घाइते भएको प्रहरीले जनाएको छ ।

    अहिले दुवै घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

    ओखलढुंगामा एमाले–कांग्रेस झडप
    अशक्त व्यक्तिको मतदानको विषयमा विवाद हुँदा ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नं. ९, विलन्दुमा झडप भएको छ। चम्पादेवी गाउँपालिकाको वडा नं. ९ विलन्दु, मिश्र भन्ज्याङमा रहेको जीवनज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा झडप हो।

    झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ।

    स्थानीय जेष्ठ नागरिक नरबहादुर श्रेष्ठले दिने मत आफैले दिन नसकेपछि कसले मत हालिदिने भन्ने विषयमा विवाद सुरु भएको थियो।

    श्रेष्ठको भोट हाल्न उनका छोरा गएका थिए। तर छोराको मतदाता परिचयपत्र नभएपछि नातिले श्रेष्ठको भोट हाल्न गएका थिए।

    नरबहादुरका छोरा कांग्रेसको समर्थक र नाति एमालेको समर्थक हुँदा मतदान स्थलमा रहेका कांग्रेस र एमालेका बुथ प्रतिनिधी बिच विवाद सुरुवात भएको थियो।

    विवाद बढ्दै जाँदा झडप भएको ओखलढुंगा प्रहरीले जनाएको छ ।

    काभ्रेको चौंरीदेउरालीमा मतपेटिका नै फुटाइयो
    काभ्रेको चौंरीदेउराली गाउँपालिकामा मतपेटिका नै फुटाइएको छ। चौंरीदेउराली कात्तिके ६ को मतदान केन्द्रमा मतपेटिका नै फुटाइएको हो।

    निर्वाचन अधिकृत शम्भुकुमार बस्नेतका अनुसार विवादपछि खाली मतपेटिका तानातान हुँदा फुटेको हो । झडपपछि अहिले कात्तिके देउरालीमा मतदान स्थगित भएको छ ।

    सर्लाहीमा हवाई फायर
    सर्लाहीको धनकौल गाउँपालिकामा उम्मेदवारको प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ। धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदानस्थलमा सुरक्षाकर्मीले ६ राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ।

    नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको हो ।

    तीनै दलका कार्यकर्ताहरूबीच ढुंगा हानाहान समेत भएको छ। विवाद भएको ठाउँमा स्थिति नियन्त्रणमा लिन नेपाली सेनाका सुरक्षाकर्मी समेत खटाइएको प्रहरीले जनाएको छ।

    शुक्रबार, बैशाख ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.