काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकाका पाँचदलीय गठबन्धनबाट उपप्रमुख उम्मेदवार रोसन दानीले मौन अवधिमा कतिपय व्यक्तिहरुले अनावश्यक भ्रम फैलाउने काम गरेको बताउनुभएको छ ।
Advertisement
चन्द्रागिरीमा उम्मेदवारी फिर्ताको भ्रम फैलाएर केही व्यक्तिहरुले आचारसंहिताको उल्लंघन गरेको उहाँले बताउनुभयो ।
‘चन्द्रागिरीमा पाँचदलीय गठबन्धनको तर्फबाट उपप्रमुखमा मेरो उम्मेदवारी कायमै छ । कतिपय मान्छेहरुले फिर्ता लिएको हल्ला चलाएका रहेछन्’ उहाँले भन्नुभयो, ‘मौन अवधिमा भ्रमको खेती गर्नु आचार संहिताको उल्लंघन मात्र होइन, पराजित मानसिकताको उपज हो ।’
चन्द्रागिरी नगरपालिकाको प्रमुखमा पाँचदलीय गठबन्धनले नेपाली कांग्रेसका घनश्याम गिरी र उपप्रमुखमा राजमोका दानीको उम्मेदवारी दिइएको थियो ।
पाँच दलभित्रबाट अन्य व्यक्तिहरुले दिएको उम्मेदवारी भने सम्बन्धित दलले फिर्ता लिएका थिए।