बुटवल । बुधबार साँझ बुटवलमा बम विष्फोट भएको छ। मिलनचोक स्थित सनराइज बैंकको अगाडि बम विस्फोट भएको हो ।
Advertisement
विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । घटनास्थलमा नेकपा माओवादी क्रान्तिकारी लेखिएको पर्चा भेटिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
स्थानीय निर्वाचन हुनु दुई दिनअघि भएको विस्फोटले निर्वाचन बिथोल्न र मतदातामा आतंक सिर्जना गर्न खोजेको आशंका गरिएको छ ।