भैरहवा । राष्ट्रिय जनमोर्चाले रूपन्देहीको सिद्दार्थनगरका विभिन्न वडा तथा टोलहरू गरी १९ ठाउँमा कोणसभा सम्पन्न भएको छ । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचन प्रचार प्रसारको अन्तिम दिन राजमो सिद्धार्थनगरले विभिन्न स्थानमा प्रचाररात्मक कार्यक्रम गरेको हो ।
कोण सभामा नगरप्रमुखका प्रत्यासी हिरालाल धामी र राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष बद्रे आलमले सम्बोधन गर्नु भएको थियो ।
भैरहवाको बुद्ध चोकमा वामपन्थी नेता चेतनाथ आचार्य, मेयरका प्रत्यासी हिरालाल धामी र राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष बद्रे आलमले सम्बोधन गर्नु भयो ।
सम्बोधनका क्रममा अध्यक्ष आलमले भन्नुभयो, ‘अहिले प्रतिगमन हावि छ । यसलाई रोक्न राष्ट्रिय आवश्यकता हो तर गठबन्धनका सहयात्री अन्य दलहरू गठबन्धनको भाबना मर्म र आवस्यकता लाई आत्मसात गरेका छैनन् । जसले गर्दा प्रतिगमन बिरूद्धको संघर्ष कमजोर भएर जाने सम्भावना कायमै छ । यदि हामी ले समय मै सोच्न अनुरोध गर्दछौं । हाम्रो पार्टी बाट निर्वाचित प्रतिनिधिहरूले अहिले सम्म जनहित विपरित काम गर्का छैनन् । भोलि पनि गर्ने छैनन् ।’
उहाँले राजमोले माध्यमबाट पार्टीको रणनीतिक उद्देश्य पुरा गर्ने तयारी स्वरूप कार्यनैतिक उपयोग गरिएको भन्दै यसमा कसैले शंका मान्न जरुरी नरहेको बताउनुभयो ।