दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका लवरु चौधरीको मृत्यु भएको छ।
Advertisement
कलेजो र मिर्गौला रोगबाट पीडित चौधरीको ५३ वर्षको उमेरमा गएराति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई केही दिनअघि मात्रै काठमाडौं लगिएको थियो।
उनको शव दाङ लगेर अन्तिम संस्कार गर्ने तयारी आफन्तले गरेका छन्। वडाध्यक्षका उम्मेदवारको निधन भएकाले तुलसीपुर उपमहानगरपालिका १७ मा निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित भएका छन्।
कुनै पनि राजनीतिक दलबाट उम्मदेवार बनेकाहरुको निधन भए सम्बन्धित ठाउँमा निर्वाचन कार्यक्रम स्थगित हुने कानुनी प्रावधान छ। तर, स्वतन्त्र उम्मेदवारको हकमा भने यो प्रावधान छैन।