• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राप्ती नदी उत्खनन् गर्न आएका दर्जनौं ट्रयाक्टर स्थानीयले भगाए


  •   मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित
  • महेश रिजाल, दाङ । दाङ देउखुरीको भालुवाङस्थित राप्ती नदीमा जथाभावी उत्खनन् गर्न थालेपछि भालुवाङबासीले विरोध गरेका छन् । भालुवाङको घना मानवबस्तीसँग जोडिएको राप्ती नदीमा दैनिक सयौं ट्रयाक्टर ढुंगा गिट्टी, बालुवा उत्खनन्, संकलन र ओसार पसार हुन थालेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

    Advertisement

    त्यस क्रममा सोमबार सयौंको संख्यामा बगरमा भेला भएका स्थानीयले ढुंगा, बालुवा ओसार्न आएका ट्रयाक्टर तथा चालकहरुलाई त्यहाँबाट भगाएका थिए । स्थानीय गेमबहादुर खड्का, लक्ष्मी बुढामगर, अञ्जु विष्टलगायतको नेतृत्वमा भेला भएका जनताले मानव बस्ती जोखिममा पारेको भन्दै नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाएका हुन् ।

    राप्ती गाउँपालिकाले इजाजत दिएको भन्दै ठेकेदारले मंसिर दोस्रो सातादेखि जथाभावी ढुंगा, गिट्टी बालुवा संकलन गर्ने काम भइरहेको छ । दाङको राप्ती गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिका १ जोड्ने झोलुंगे पुल छेवैबाट धमाधम उत्खनन् हुन थालेपछि पुल जोखिममा परेको छ ।

    यस्तै, सो स्थानमा राष्ट्रिय गौरवको बड्कापथ सिंचाई आयोजनाको मूल छ भने कुवेत सरकारको सहयोगमा निर्मित प्रगन्ना सिंचाई आयोजनाको दुईवटा मुहानसमेत छ । नदीजन्य पदार्थको उत्खनन्ले ति आयोजना प्रभावित भएका छन् ।

    यसैगरी भालुवाङको मानवबस्ती छेवैबाट ठुलो परिमाणमा उत्खनन् हुँदा नजिकै रहेको हनुमान मन्दिर, दुईवटा मस्जिद र राष्ट्रिय माविलाई जोखिममा पारेको छ ।

    नदीको उत्खनन् आशु निर्माण सेवा विजुवार, प्युठानले राप्ती गाउँपालिकाबाट ठेक्का लिएको हो । राप्ती गाउँपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले १ करोड ४४ लाख २५ हजार रुपैयाँमा सो कम्पनीलाई नदी उत्खनन्को ठेक्का दिएको जानकारी दिए ।

    बड्कापथ नहर सिंचाई उपभोक्ता समितिका अध्यक्ष राजु चौधरीले स्थानीय जनतासँग सरोकार नराखि राप्ती गाउँपालिकाले नदी उत्खनन्को अनुमति दिएको भन्दै आपत्ति प्रकट गरे । युगदर्शनसँग कुरा गर्दै उनले राष्ट्रिय गौरवको आयोजनालाई प्रत्यक्ष प्रभावित पार्ने काम गरेर राप्ती गाउँपालिकाले विकास विरोधी छबी बनाएको आरोप लगाए । अध्यक्ष चौधरीले स्थानीयबासीलाई दिर्घकालिन असर पर्नेगरी नदीबाट ढुंगा, गिट्टी, बालुवा संकलन गर्न नदिने दृढता व्यक्त गरे ।

    ठेकेदारले जथाभावी उत्खनन् गर्न थालेको सो स्थानमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले भने उत्खनन्को अनुमति दिएको छैन ।

    चुरे तराई मधेश संरक्षण समितिका ५ न. प्रदेश कार्यालयका इन्जिनियर प्रकाश बस्नेतले सो स्थानमा उत्खनन्को अनुमति नभएको जानकारी दिए । उनले युगदर्शनसँग भने, ‘गाउँपालिकाले राप्तीको केही स्थानमा नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का दिएको बुझिएको छ । तर, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरीकन कहिँपनि उत्खनन् गर्न पाईंदैन । हाम्रो कार्यालयबाट अनुमति दिइएको छैन ।’

    राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका ५ नं प्रदेश कार्यालय बुटवलका प्रमुख अजय कार्कीले राष्ट्रिय गौरवका आयोजनास्थल नजिक र मानवबस्तीलाई असर पार्ने गरी नदीजन्य बस्तुको उत्खनन् गर्न नपाईने बताए । बस्तीलाईलाई जोखिममा पार्ने गरी चुरे क्षेत्रमा कुनै पनि उत्खनन् गर्न नदिने उनले बताए ।

    मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.