• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

स्थानीय निर्वाचन : यस्तो छ राजमो शीर्ष नेताहरुको दौडधुप


  •   शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
  • काठमाडौं । स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाका पदाधिकारीहरु विभिन्न जिल्ला र क्षेत्रमा खटिनुभएको छ । राजमो नेताहरु पार्टीको योजना र आफ्नो राजमो नेताहरुसँगै विभिन्न जनवर्गीय संगठन तथा भारत प्रवासस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता कार्यकर्ताहरु विभिन्न जिल्ला क्षेत्रमा जिम्मेवारी लिएर निर्वाचन प्रचार प्रसारको काममा लागिरहेको राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शनिबार काठमाडौंमा आयोजित पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नुभयो । अध्यक्ष केसी लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही, कपिलवस्तु, दाङलगायतका जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भइरहनुभएको छ ।
    पारिवारीक अवस्थाका कारण आफू हाल बुटवल–भैरहवामा केन्द्रित भएको र देशब्यापी कार्यक्रमहरुमा सामेल हुन नसकेको केसीले बताउनुभयो ।

    ‘विभिन्न जिल्लाबाट साथीहरुले आउनुपर्यो भनेर माग गरिरहनुभएको छ’ केसीले युगदर्शनसँग भन्नुभयो, ‘तर पारिवारिक समस्याका कारण बाहिर जान सकेको छैन । पाँच दलको शुक्रबारको कार्यक्रममा मात्रै काठमाडौं आएको हुँ ।’

    यस्तै, राजमो कार्यकारी अध्यक्ष रश्मीराज नेपाली दाङ जिल्लालाई केन्द्रित गरी निर्वाचन प्रचार प्रसार खटिरहनुभएको छ । दाङका विभिन्न पालिकामा स्थानीय समितिले आयोजना गरेका सभा र घरदैलो कार्यक्रममा नेपाली व्यस्त हुनुहुन्छ ।

    शनिबार पाँचदलीय गठबन्धनले बुटवलमा आयोजना गरेको जनसभालाई कार्यकारी अध्यक्ष नेपालीले सम्बोधन गर्नुभएको छ ।

    यस्तै, राजमो उपाध्यक्ष जनकराज शर्मा पनि दाङ क्षेत्रमै क्रियाशील हुनुहुन्छ । यद्यपी पछिल्लो केही दिन यता पारिवारिक कारणले उहाँ काठमाडौं आउनुभएको छ ।

    ‘दाङ जिल्लालाई केन्द्रित गरेर निर्वाचनका कार्यक्रममा सामेल थिएँ’ शर्माले भन्नुभयो, ‘छोरो दुर्घटनामा घाइते भएका कारण उपचारका लागि काठमाडौं आउनुपर्यो । अब केही दिन यतै (काठमाडौंमै) हुनेछु ।’

    राजमो उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेल हाल प्युठानमा हुनुहुन्छ । प्युठानको झिमरुक गाउँपालिकालाई केन्द्रित गरी उपाध्यक्ष पौडेल घरदैलो तथा जनसभामा व्यस्त हुनुहुन्छ । प्युठानको झिमरुकमा गठबन्धन दलबाट राष्ट्रिय जनमोर्चाका नेता टिका जिसी अध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ । यस्तै, मल्लरानी गाउँपालिकाको अध्यक्ष पदमा कृष्ण खड्का उम्मेदवार हुनुहुन्छ ।

    ‘झिमरुकतिर कार्यक्रममा व्यस्त छु’ पौडेलले भन्नुभयो, ‘चुनाव प्रचार गर्न पाइने २७ गतेसम्म झिमरुककै विभिन्न वडामा संयुक्त घरदैलो कार्यक्रम तय भएको छ ।’

    प्युठानका विभिन्न पालिकामा राजमोका केन्द्रीय नेताहरु बोमबहादुर खत्री, चन्द्रबहादुर केसी, वाशु पोखरेल, हरि आचार्य, कृष्ण पाण्डे, त्रिभुवन भट्टराई, समीर सिंहलगायत नेताहरु निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त रहेको पौडेलले बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट गृहजिल्ला डोटीमा खटिनुभएको छ । डोटीका विभिन्न पालिकामा राजमोले एकल उम्मेदवारी दिएको छ भने केआईसिंह गाउँपालिकामा गठबन्धन छ । गाउँपालिकाको वडा नं ४ को अध्यक्षमा डबल बोगटी गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ ।

    राजमो सचिव हिमलाल पुरी पाँचदलीय गठबन्धनले बनाएको समन्वय समितिका सदस्यसमेत हुनुहुन्छ । सो समितिको बैठक पटक पटक बस्नुपर्ने भएकोले सचिव पुरी हाल काठमाडौंमै व्यस्त हुनुहुन्छ ।

    ‘पार्टीको केन्द्रीय कामका लागि अहिले काठमाडौंमै छु’ पुरीले भन्नुभयो, ‘यो सँगै प्रदेश २ मा पनि जिम्मेवारी छ । आवश्यक पर्नासाथ प्रदेश २ मा पुग्छु । अरु बेला पार्टी र गठबन्धनको केन्द्रीय कामका लागि काठमाडौंमै व्यस्त हुनुपर्छ ।’

    यस्तै, राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री पनि हाल काठमाडौंमै हुनुहुन्छ । केन्द्रीय कार्यालयका कतिपय कामको लागि आफू काठमाडौंमै रहेको कोषाध्यक्ष क्षेत्रीले बताउनुभयो ।

    1. राष्ट्रिय जनमोर्चाका उम्मेदवार को कहाँ ? (सूचीसहित)

    हाल राष्ट्रिय जनमोर्चाले बागलुङ, प्युठान, अर्घाखाँची, गुल्मी लगायतका जिल्लामा चुनाव प्रचारलाई तीब्रता दिएको छ ।

    बागलुङमा पालिका तहदेखि वडातहसम्मै गठबन्धन छ । गठबन्धनको जिल्ला संयन्त्रले कार्यक्रमहरु तय गरेको र संयुक्त रुपमै सभा, भेटघाट, घरदैलो लगायत कार्यक्रम भइरहेको राजमो जिल्ला अध्यक्ष अमर थापा बताउनुहुन्छ ।

    केही स्थानमा बागी दिएका व्यक्तिहरुको उम्मेदवारी निस्क्रिय बनाउने प्रयास भइरहेको भन्दै २७ गतेसम्म उम्मेदवारी निस्क्रिय बनाएर आधिकारिक उम्मेदवारलाई सहयोग नगरे आ–आफ्नो दलले कारबाही गर्ने गठबन्धनमा सहमति भएको उहाँले बताउनुभयो ।

    यस्तै, अर्घाखाँचीमा पनि कतिपय स्थानमा गठबन्धन भएको छ भने कतिपय स्थानमा राजमो एकल चुनावी मैदानमा छ । अर्घाखाँचीमा शेरबहादुर बिसी, सागर केसीलगायत केन्द्रीय नेताहरुको नेतृत्वमा चुनावी अभियान चलिरहेको छ । भूमिकास्थान नगरपालिकामा राजमो र कांग्रेसको गठबन्धनका तर्फबाट झविलाल थापा प्रमुखको उम्मेदवार हुनुहुन्छ ।

    यसैगरी गुल्मीमा पनि चुनावी अभियान जारी रहेको राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले बताउनुभयो । गुल्मीमा पनि राजमो र कांग्रेसको गठबन्धन बनेको छ । गुल्मीको कालीगण्डकी र छत्रकोटमा राजमोको तर्फबाट उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ ।

     

    शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.