खिमराज चालिसे, चंडिगढ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर ८ का एक किशोर १० दिनदेखि सम्पर्कविहीन भएका छन् ।
झविन्द्र घिमिरे र पदमाका छोरा १५ वर्षीय विशाल घिमिरे यही वैसाख १३ गते (२६ अप्रेल २०२२) देखि बुटबलबाट बेपत्ता भएका हुन् ।
तिलोत्तमा नगरपालिका–८ संगम टोलबाट दिउँसो करिब ३ बजे साइकल र कपडाको ब्यागसहित घरबाट निस्केका विशाल भारततर्फ लागेको आशंका गरिएको छ ।
विशालको खोजीका लागि बुवा झविन्द्रले प्रवासी नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई आग्रह गर्नुभएको छ ।
उनी भेटिएमा नेपालमा फोन नम्बर झविन्द्र घिमिरे ००९७७–९८४७२७२४९६ र भारतमा खिमराज चालिसे +९१–८९६८५०३०५० मा अथवा नजिकको मूल प्रवाहको कार्यालयमा सम्पर्क गरिदिन मूल प्रवाले आग्रह गरेको छ ।
वा नेपालमा राष्ट्रिय जनमोर्चाको कार्यालयमा खबर गर्न पनि मूल प्रवाहले सबैसँग अनुरोध गरेको छ ।