• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

माधव नेपालको सांसद विकास कोषको रकमबाट सहमति विपरित भवन निर्माण भएपछि कोटेश्वरबासी असन्तुष्ट


  •   मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको कोटेश्वरमा नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालको सांसद विकास कोषको रकमबाट सहमति विपरित भवन निर्माण भएपछि स्थानीयवासी आक्रोशित भएका छन् ।

    Advertisement

    काठमाडौं महानगरपालिका वडा नं. ३२ श्रृंखला टोलमा गत २०७७ जेष्ठ ४मा सार्वजनिक जग्गामा भवन निर्माण गर्नका लागि जग खन्ने समयमा मात्र टोलबासीहरु तथा श्रृंखला टोल विकास समाजलाई उक्त स्थानमा किरियापुत्री भवन बनाउने कुरा थाहा भएको स्थानीयवासीले जनाएका छन् ।

    ‘सोही दिन यो भवन कसले र किन निर्माण गर्न लागेको भनी बुझ्दा सो भवन निर्माण हुने क्षेत्रमा बसोबास गर्ने प्रत्यक्ष असर पर्ने स्थानीयलाई थाहै नदिई संलग्न नै नगराई यस क्षेत्रका संघीय संसद माधव कुमार नेपालको सांसद विकास कोषको रकमबाट भवन निर्माण गर्न भवन निर्माण समिति गठन भएको तथ्य जानकारीमा आयो,’ श्रृंखला टोल विकास समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    टोलबासीहरु तथा श्रृंखला टोल विकास समाजले यस्तो किरियापुत्री भवन आवासीय क्षेत्रमा बनाउन मनासिब नहुने र यसले टोलबासीहरुमा नकारात्मक मनोवैज्ञानिक असर पर्न जाने भएकाले सोही समयमा सोही प्रयोजनको लागि भवन निर्माण नहोस् भनी टोल विकास समाजले बिरोध स्वरुप जग खन्ने काममा विरोध गरेको र सोको लागि उक्त भवन निर्माण समिति तथा काठमाण्डौ महानगरपालिका वडा नं. ३२ बडा कार्यालयलाई उक्त भवन किरियापुत्री प्रयोजनको लागि निर्माण नगरियोस् भनी गत २०७७ जेष्ठ ४ मा निबेदन दिइएको भएपनि भवन जवर्जस्ती रुपमा निर्माण गरिएको जनाइएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘गत २०७७ जेष्ठ ४ मा दिईएको निबेदन र भवन निर्माणमा बाधा गरेकाले २०७७ जेष्ठ ५ मा काठमाडौं महानगरपालिका वडा नं. ३२ बडाका वडा सदस्य हिरा देवी पोखरेलको उपस्थितिमा भवन निर्माण समिति, टोलबासीहरु तथा श्रृंखला टोल विकास समाजकाबीच भएको छलफलमा टोलबासीहरु तथा श्रृंखला टोल विकास समाजले किरियापुत्री प्रयोजनको लागि भवन निर्माण नगरियोस् भनी आफ्नो भनाई राखेकोमा भवन निर्माण समिति सहितको संयुक्त बैठकमा निवेदक स्थानीय टोलबासीहरुको भावनालाई कदर गर्दै उक्त भवनको उपयोग स्थानीय टोलबासीहरुको सहमतिमा गर्ने र यो भवन बहुदेश्यीय सामुदायिक भवन हुने भन्ने लिखित सर्वसम्मत निर्णय भएको थियो ।’

    बैठकले बजेट फिर्ता गरी उक्त भवन किरियापुत्री प्रयोजनमा नल्याउने, भनन बहुउदेश्यीय प्रयोजनको लागि प्रयोग गर्ने भन्ने भद्र सहमति गरेको थियो । उक्त बैठकले भवन निर्माण सम्पन्न भएपछि किरियापुत्री प्रयोजन बाहेक कुन प्रयोजनका गर्ने भन्नका लागि निवेदक टोलबासीहरुको तर्फबाट तीन जना र भवन निर्माण समितिको तर्फबाट दुई जना गरी पाँच सदस्यीय सुझाब समिति गठन गर्ने र सो सुझाव समितिको राय सुझावका आधारमा भवनको प्रयोग गर्ने लिखित निर्णय समेत भएको थियो ।

    तर पूर्व प्रधानमन्त्री माधव नेपालको पद र शक्तिको दुरुपयोग गर्दै बलजफ्ती भवन निर्माण गरी सहमति बिपरित कृयापुत्री भवनका रुपमा सो भवनलाई प्रयोगमा ल्याइएको टोलबासीहरुको आरोप छ ।

    ‘२०७७ जेष्ठ ५ को निर्णय अनुसार टोलबासीहरु तथा श्रृंखला टोल विकास समाजबाट भवन निर्माणमा कुनै बाधा विरोध गरिएन । भवन निर्माण चलिरेहेको समयमा भवन निर्माण समितिलाई भवन प्रयोजनको निश्चितता नभएकाले भवनको भित्री स्वरुप बहुदेश्यीय प्रयोजनमा उपयुक्त हुने बनाउन भनिएकोमा सो समितिले सोही अनुसार बनाईएको भनिएको थियो’, विज्ञप्तीमा उल्लेख छ ।

    भवन निर्माण सम्पन्न भए पश्चात भवन कुन प्रयोजनमा ल्याउने भन्नका लागि गठित सुझाब समितिको बैठक राख्न टोलबासीहरुको तर्फबाट सुझाव समितिमा रहेका सदस्यहरुले बारम्बार ताकेता गर्दा पनि कुनै बैठक नराखिएको टोलबासीहरु बताउँछन् । बैठक नबोलाएपछि समाजले टोलबारीहरुको सामुहिक भेला राखि सो भेलाले उक्त भवनको वैकल्पिक प्रयोजनबारे गरेको निर्णय भवन निर्माण समिति र काठमाडौं महानगरपालिका वडा नं. ३२ वडा कार्यालयलाई लिखित जानकारीसमेत गराएको थियो ।

    भवन निर्माण समितिले भवन निर्माण सम्पन्न भएपछि भवनको स्वामित्व कसको हुने, त्यसको रेखदेखको जिम्मा कसको हुने, भवन कसरी सञ्चालन गर्ने, कुन प्रयोजनको लागि उपयोग गर्ने, भवन संचालन गर्ने संचालक समिति निर्माण गर्ने, संचालन बिधि तथा प्रक्रियाका लागि संचालन बिधान, नियम तथा कार्यबिधि तयार गर्नु पर्ने, सञ्चालनबाट भएको आम्दानी तथा खर्चको जिम्मा कसले लिने, आर्थिक तथा सामाजिक लेखापरिक्षणको ब्यबस्था के हुने भन्ने निर्क्योल भएपछि भवन विधिबत रुपमा उद्घाटन गरेर मात्र सञ्चालनमा ल्याइनुपर्ने उनीहरुको माग छ ।

    मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.