काठमाडौं । मकवानपुरमा सडक निर्माणमा प्रयोग भइरहेको लोडर पल्टिएर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने तीन घाइते भएका छन्।
Advertisement
काठमाडौं–तराई द्रुतमार्ग निर्माण कार्यमा प्रयोग भएको लोडर दुर्घटना हुँदा तीन मजदुरको ज्यान गएको हो।
मकवानपुरको मकवानपुर गढी १ घट्टे पाखामा द्रुतमार्गको माटो सम्याउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा पर्नेहरु द्रुतमार्ग निर्माणमा खटिएका मजदुर हुन्।
दुर्घटनाका घाइतेको हेटौँडामा उपचार भइरहेको प्रहरीले जनाएको छ।