सुर्खेत । कर्णाली प्रदेशमा राष्ट्रिय जनमोर्चा एकल चुनावी मैदानमा उत्रिएको छ । देशका कतिपय जिल्ला र पालिकामा राजमोले पाँच दलभित्र गठबन्धन गरेपनि कर्णालीमा भने गठबन्धन नभएको राजमो केन्द्रीय सदस्य रत्नविक्रम राना प्यासीले बताउनुभयो ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि राजमोले कर्णाली प्रदेश अन्तर्गत सुर्खेत, जुम्ला, रुकुम, जाजरकोट, सल्यान, कालिकोट, दैलेखलगायत जिल्लाका विभिन्न पालिकामा उम्मेदवारी दिएको छ ।
प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको प्रमुखमा राजकोको तर्फबाट विष्णुप्रसाद शर्मा र उपप्रमुखमा कृष्णा कुमारी राना उम्मेदवार हुनुहुन्छ ।
यस्तै, लेकबेसी नगरपालिकाको प्रमुखमा हिरालाल सुनार र उपप्रमुखमा सीता सुनारले उम्मेदवारी दिनुभएको छ ।
यता, पञ्चपुरी नगरपालिका प्रमुखमा शसीराम कँडेल र उपप्रमुखमा पूर्णाकुमारी कँडेल उम्मेदवार रहनुभएको छ ।
यी हुन् उम्मेदवार
