कपिलवस्तु । विजयनगर गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रम सुरु गरेको छ । गाउँपालिकामा राजमोका उम्मेदवारहरुसहित घरदैलो सुरु गरिएको हो ।
घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइएको र राजमोको पक्षमा लहर देखिएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले जानकारी दिनुभएको छ ।
राजमोबाट विजयनगर गाउँपालिका अध्यक्षको उम्मेदवार गोपाल सुनार रउपाध्यक्षको उम्मेदवार सुसिला देवी चौधरी रहनुभएको छ ।
यस्तै, वडा नम्बर १ को वडाअध्यक्षमा वंशराज कोरी, ३ को वडाअध्यक्षमा मिठ्ठू गडरीया, वार्ड नम्बर ४ को वडाअध्यक्षमा गोविन्द दरजी, वार्ड नम्बर ५ को अध्यक्षमा खदेरु पासी, वार्ड नम्बर ७ को अध्यक्षमा मन्तराम अहिर र ८ नं वडाअध्यक्षमा सोमारे धोवी उम्मेदवार रहनुभएको छ ।
वडा नं ३ को सदस्यमा शान्ति देवी लोहार, अनन्तराम तेली, ४ को सदस्यमा लीलावती यादव, पुनम नेपाली, असोक खटीक, ५ को सदस्यमा त्रिवेनी चौधरी र मुट्टरी गडरीया, ७ बाट सदस्यमा सूर्यमती, तारामती पासी, सूर्य बहादुर जिसी र विनोद कुमार कहार तथा वडा नम्बर ८ बाट सदस्यमा सदस्य मनिषा कोरी, सदस्य उम्मेदवार विश्वनाथ नाउ, शुभ रात्रि पठानलाई उम्मेदवार बनाएको छ ।
राजमो विजयनगरको प्रचारप्रसार टोलि वार्ड नम्बर ५ को सिस्वा, बघ्मरी, मनहरापुर, बनगाई, कटुवा, देवीपुर, बघ्मरवाह, ठकुरापुर, पिपरी, बगाह छोटपटिया, डाल्पुर, नौरंगीया, कटनिया, वार्ड नम्बर ट, जुड्पनिया, वार्ड नम्बर ७ को बड्सोड्वा, मानपुर, ढोडरी लालपुर मधनगर, गेडुवाजोत, धधरा आदिमा घरदैलो भेटघाट गर्दै अगाडि बढेको राजमोले जनाएको छ ।
घरदैलो कार्यक्रममा उम्मेदवारहरुसहित मूल प्रवाहका अध्यक्ष खनाल, जातीय समाज केन्द्रीय सल्लाहकार दिल बहादुर विकलगायत स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको छ ।