बागलुङ । बागलुङमा गठबन्धन गरेर स्थानीय निर्वाचनमा होमिएका पाँच राजनीतिक दलले काठेखोलामा संयुक्त सम्पर्क कार्यालय खोलेका छन् ।
Advertisement
पाँच दलीय गठबन्धनले निर्वाचन परिचालन समितिको कार्यालयको उद्घाटन गरेको हो ।
बुधबार स्थानीय निर्वाचन प्रयोजनका लागि काठेखोलाको अक्षेते बजारमा कार्यालयको उद्घाटन गरिएको गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार तेजबहादुर थापा (तिलक) ले जानकारी दिनुभयो ।
गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दिएको छ ।