रिसव आचार्य, कपिलवस्तु ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तुले विभिन्न स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ । कतिपय ठाउँमा गठबन्धन गरेर र कतिपय ठाउँमा एकल रुपमा उम्मेदवारी दिएको राजमो नेता शशी सापकोटाले जानकारी दिनुभएको छ ।
जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ र ६ तथा शिवराज नगरपालिका वडा नं ३ मा राजमोले तालमेलबाट वडाअध्यक्ष पाएको छ । बाणगंगा–६ को वडाअध्यक्षमा राम प्रसाद बेल्बासेले उम्मेदवारी दिनुभएको छ भने शिवराज–३ मा केरसिंह अदैले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै, तालमेलबाटै बाणगंगा–२ को वडाअध्यक्षमा राजमोका मान बहादुर सिंजापतिले उम्मेदवारी दिनुभएको छ ।
बाणगंगा नगरपालिकामामा ४ दलीय गठबन्धनबाट प्रमुखमा माओवादी र उपप्रमुखरमा नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवारी दिएको हो । त्यसै अनुसार बाणगंगा वडा नं २,३,६,८,९ मा राजमो ले वडाध्यक्षमा उमेदवारी दिएको छ । २ र ६ मा गठबन्धन बाट हो भने अन्य वडामा एकल उम्मेदवारी हो ।
राजमो नेता सापकोटाका अनुसार राजमोले गठबन्धन बाट वडा नं ४ मा महिला सदस्यमा बिमला श्रेष्ठ,५ मा एउटा खुला, र एउटा महिला सदस्य ७ मा एमालेबाट बिद्रोह गरेको स्वतन्त्र टिमलाई समर्थन गरेको छ।त्यस्तै ११, १२ मा माओवादीलाई सहयोग गरेको छ भने १ मा जसपा र ४ मा एकीकृत समाजवादीलाई सहयोग गर्ने भएको छ ।
जसअनुसार वडाअध्यक्षमा राजमोबाट २ नं वडामा मान बहादुर सिंजापति, ३ मा भबिलाल उपाध्याय, ८ मा टेकपति सापकोटा, ९ मा दुर्गा चालिसेले उम्मेदवारी दिनुभएको छ ।
वडा नं ६ मा भने वडाअध्यक्ष सहित ३ वडा सदस्य मा राजमोले उम्मेदवारी दिएको छ भने १ सदस्य माओवादीले पाएको छ ।
वडा नं ६ को अध्यक्षमा जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासेले उम्मेदवारी दिनुभएको छ भने खुला सदस्यमा बिनोद परियार, महिला सदस्यमा रिता पाण्डे, दलित महिला सदस्यमा दुर्गा विकले उम्मेदवारी दिनुभएको छ भने एउटा खुला सदस्यमा माओवादीबाट सुभावति चौधरीले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै राजमोले गठबन्धनबाट बुद्धभुमि नगरपालिकामा एउटा महिला वडा सदस्य पाएको छ जसमा राजमो लुम्बिनी प्रदेश सदस्य मिना पोख्रेल (नेपाली) ले उम्मेदवारी दिनु भएको छ ।
त्यस्तै शिवराज नगरापालिकामा राजमो र जनता समाजवादीबीच गठबन्धन भएको छ । जसअनुसार राजमोले ३ नं वडा अध्यक्षसहित पालिबाट ६ जना सदस्यको उम्मेदवारी दिएको छ । द३ नं वडाध्यक्षमा राजमो जिल्ला सल्लाहकार केर सिंह अदैले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै कृष्णनगर नगरपालिका बाट १ वडाध्यक्ष सहित प्यानल, कपिलवस्तु नगरापलिकाबाट २ (६ नं र ९ नं) वटा वडाध्यक्ष सहित प्यानल दर्ता गराएको छ । त्यस्तै विजयनगर गाउँपालिकाबाट अध्यक्ष, उपाध्यक्षसहित ५ वटा वडामा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।