प्युठान । झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको छ । पाँचदलीय गठबन्धनमा रहेका दलहरुमध्ये राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसले तामेल गरी उम्मेदवारी दर्ता गराएका हुन् ।
सहमति अनुसार राष्ट्रिय जनमोर्चाले अध्यक्षसहित पाँच वटा वडामा अध्यक्ष र कांग्रेसले उपाध्यक्षसहित तीन वटा वडामा अध्यक्षको उम्मेदवारी दिएको छ ।
गाउँपालिका अध्यक्षमा राजमोका टिकाबहादुर जिसीले उम्मेदवारी दर्ता गर्नुभएको छ । उपाध्यक्षमा कांग्रेसका प्रमोद पोखरेलको उम्मेदवारी परेको छ ।
यस्तै, राजमोको तर्फबाट वडा नं १ मा रामबहादुर जिसी, ३ मा मिनबहादुर केसी, ४ मा सीताराम पोखरेल, ५ मा देविन्द्र जिसी र वडा नं ६ मा निमानसिंह केसीको उम्मेदवारी परेको छ ।
यस्तै, कांग्रेसले वडा नं २ मा कृष्णप्रसाद पोखरेल, ७ मा कृष्णबहादुर जिसी र ८ मा लालबहादुर बस्नेतलाई अघि सारेको छ ।
गएको निर्वाचनमा झिमरुक गाउँपालिका राष्ट्रिय जनमोर्चाले जितेको थियो ।