गणेश अधिकारी, पोखरा ।
एमसीसी खारेजीको माग गर्दै पोखरामा संयुक्त विरोध प्रदर्शन भएको छ । शनिबार नेकपा (मसाल) सहितका राजनीतिक दलले एमसीसीको खारेजी, महंगी ,भ्रष्टाचार, कालोबजारीविरुद्ध प्रदर्शन गरेका हुन् ।
Advertisement
पोखराको महेन्द्र पुलबाट विभिन्न नाराबाजी सहित जुलुस सुरु भइ चिप्लेढुङ्गा हुँदै बिपिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई नेकपाका (मसाल) का कास्की जिल्ला प्रवक्ता चन्द्रबहादुर केसी, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, नेकपा कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुली र नेकपा माओवादी समाजवादीका जिल्ला अध्यक्षले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन नेकपाका जिल्ला सदस्य बद्री अधिकारीले गर्नुभएको थियो ।
