काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७३ वर्ष पुरा भएको छ । शुक्रबार ७४ औँ पार्टी स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।
७४ औँ पार्टी स्थापना दिवस तथा १५३ औँ लेनिन जयन्तीका अवसरमा नेकपा (मसाल) ले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ । समारोहलाई नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सम्बोधन गर्ने नेकपा (मसाल) केन्द्रीय कार्यालयले जनाएको छ ।
जहानियाँ राणा शासनको समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना गरेका थिए। भारतको कलकत्तामा भएको सो कार्यक्रमबाट पुष्पलाललाई महासचिवको जिम्मेवारी दिइएको थियो ।
पार्टी स्थापना दिवसको अवसरमा आज विभिन्न कम्युनिष्ट घटकहरुले पनि विभिन्न कार्यक्रम गर्दैछन् ।